इटालियन सिरी ए मा रोनाल्डोको कीर्तिमानी २२ गोल

आदर्श समाज सम्वाददाता
असार ९, २०७७
Juventus, Cristiano Ronaldo

पोखरा । जारी यस सिजनको इटालियन सिरी ए फुटबलमा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी २२ गोल गरेका छन् ।

बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले २–० को जित दर्ता गर्दा रोनाल्डोले नयाँ कीर्तिमान रेकर्ड रचेका हुन् । बोलोग्नासँगको उक्त खेलमा पोर्चुगिज रोनाल्डोले गोल गर्दै कीर्तिमानी नयाँ रेकर्ड बनाएका हुन् ।

उक्त खेलमा रोनाल्डोले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । जारी लिगमा रोनाल्डोको उक्त गोल २२ औं गोल थियो । गत सिजनमा गरेको २१ गोलको समेत रोनाल्डोले कीर्तिमान भंग गरेका छन् । इटालीको शीर्ष लिग फुटबलमा गत सिजन र यस सिजनमा गरी रोनाल्डोले सर्वाधिक ४३ गोल गर्ने सफल खेलाडी बनेका छन् ।

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट १ सय ९६ खेलबाट ८४ गोल गरेका थिए । रियल मड्रिडबाट समेत खेलेका रोनाल्डोले १ सय ९२ खेलबाट ३ सय ११ गोल गरेका थिए । स्पेनिस ला लिगामा रोनाल्डोले भन्दा लिओनेल मेसीले बढि गोल गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • थण्डरबोल्ट क्वाटरफाइनलमा, संकटा पराजित

    आदर्श समाज सम्वाददाता माघ २५, २०८१
    पोखरा। संकटा क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै भारतको थण्डरबोल्ट नर्थ युनाइटेड क्लब २४ औं आहारारा पोखरा गोल्डकपको क्वाटरफाइनल प्रवेश गरेको…
  • पोखरा अन्तर्राष्ट्रिय म्याराथन सफल पार्ने पत्रकारको प्रतिबद्धता

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । मुलुककै पहिलो अन्तर्राष्ट्रिय म्याराथन ‘पोखरा अन्तर्राष्ट्रिय म्याराथन’ सहित पहिलोपटक अभियानका रुपमा सुरू भएको साप्ताहिक/मासिक दौड सफल बनाउन पोखरेली…
  • हिसानको फुटसल सुरु

    आदर्श समाज सम्वाददाता माघ १७, २०८१
    पोखरा । हिसान गण्डकी आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु फुटसल प्रतियोगिताको कास्की छनोट सुरु भएको छ । प्रतियोगिता उद्घाटन…
  • अली मियाँ फुटबल जारी

    आदर्श समाज सम्वाददाता माघ १५, २०८१
    पोखरा । लोककवि अली मियाँ स्मृति चौंथो खुला सेभेन ए साइड फुटबल प्रतियोगितामा सोमबार ७ खेल भए । पोखरा–१३ माछापोखरी…
  • आहा रारामा ११ टिम टुंगो

    आदर्श समाज सम्वाददाता माघ १३, २०८१
    पोखरा । २४ औं आहारारा पोखरा गोल्डकपमा भाग लिने १२ मध्ये ११ टिमको टुंगो लागेको छ । आयोजक सहारा क्लब पोखराले…

hero news full width