नेपालमा ब्याडमिन्टनको प्रशिक्षण सुरु

आदर्श समाज सम्वाददाता
असार ८, २०७७
Badminton Association

पोखरा । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाली खेलकुद ठप्प रहेका बेला नेपालमा भने ब्याडमिन्टनको प्रशिक्षण सुरु गरेको छ ।

ब्याडमिन्टन संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को प्राङ्गणबाट प्रशिक्षण सुरु गरेको हो ।

संघका सचिव नवीनविक्रम शाहल ब्याडमिन्टनका राष्ट्रिय खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि सुरु भएकोे जानकारी दिएका छन् । शाहका अनुसार पहिलो दिनको प्रशिक्षणमा ४ जना खेलाडी को सहभागिता थियो । पहिलो दिन सामान्य व्यायममात्रको प्रशिक्षण प्रदान गरिएको सचिव शाहले जानकारी दिए । प्रशिक्षणको दोस्रो दिन सोमबार भने वर्षाका कारण प्रशिक्षण नभएको उनले बताए ।

खेलाडीलाई कोरियाली प्रशिक्षक सेओङ कुक चोईले प्रशिक्षण दिएका छन् । उनी कोरोना भाइसरका कारण देश लकडाउन हुनुभन्दा दुई साताअघि मात्रै नेपाल आइपुगेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width