वालिङ, ८ असार । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा आयोजना गरिएको महायज्ञको दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको छ । २०६८ साल कार्तिक १८ देखि २५ गतेसम्म राम्दीमा आयोजना गरिउको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ तथा धार्मीक पर्यटन महोत्सवको आईतबार राम्दीमा पत्रकार सम्मेलन गरी दोस्रो पटक आयब्याय सार्वजनिक गरिएको हो।
आयोजकले २०७० असार ८ गते महायज्ञबाट संकलन भएको, संकलन हुन बाँकी र कूल खर्चको लेखापरीक्षण प्रतिवेदनसहित फस्र्यौट गरी सार्वजनिक गरेको तर केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा सार्वजनिक भएन भन्ने समाचार प्रकाशन भएपछि दोस्रो पटक पत्रकार सम्मेलन गरी आयब्याय सार्वजनिक गरिएको हो।
महायज्ञमा एक करोड ७५ लाख २३ हजार ८ सय ४० आम्दानी, ५१ लाख ३ हजार ५ सय ६४ खर्च र एक करोड २४ लाख २० हजार २ सय ७५ उठ्न बाँकी रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो।
रामनदीधामको धार्मीक र पर्यटकीय विकास गर्न रामनदीधामको गुरुयोजना अनुसार आधुनिक शवदाह स्थल, ब्यवस्थित गौशाला र ब्यवस्थित स्नान स्थल लगायत धार्मीक पर्यटकीय पूर्वाधार तयार गर्ने संकल्पका साथ महायज्ञ गरिएको थियो।
“महायज्ञ सञ्चालनका लागि स्याङ्जा र पाल्पा लगायतकालाई समेटेर कार्य सम्पादन समिति बनाईएको थियो” महायज्ञ कार्य सम्पादन समितिका अध्यक्ष दिलिपप्रताप खाँणले भने, “कार्य सम्पादन समितिले महायज्ञ सफलतापूर्वक सम्पन्न गरेसँगै यहाँको आवश्यक पूर्वाधारहरुको निर्माणका लागि निर्माण समिति तथा विभिन्न उपसमितिहरु निर्माण गरी कामको विभाजन गरियो र केही कामहरु भए तर जति हुनुपर्ने हो त्यो विभिन्न कारण हुन सकेन।”
पवित्र एवं धार्मीक कार्यको आयोजना गरी आर्थिक संकलन गरिएको र त्यसमा भए गरेका आम्दानी खर्च सवै लेखा परीक्षण गरी सार्वजनिक गरेको कार्य सम्पादन समितिका अध्यक्ष खाँणले बताए।
“पवित्र उद्देश्य राखेर गरिएको पूण्य कार्यमा एक रुपैयाँ पनि हिनामिना भएको छैन र अव पनि हुँदैन” अध्यक्ष खाँणले भने, “यदि हिनामिना भएको प्रमाणित भएमा जस्तोसुकै सजाय पनि भोग्न तयार छौं तर चरित्रहत्या गर्ने अभिप्रायले हो भने त्यसको जस्तोसुकै परिस्थितिमा पनि डटेर सामना गर्न तयार छौं।”
पत्रकारले उठाएको प्रश्नको जवाफ दिदैं अध्यक्ष खाँणले शंका लागेका विषयमा पटक पटक सोध्नुहोस् दुई पटक होईन आगामी दिनमा पनि जवाफ दिन तयार रहेको बताए। “रामनदीधामको विकासका लागि सबै एकजुट भएर लागेमा मात्रै विकास सम्भव छ” अध्यक्ष खाँणले भने, “भ्रमको खेती छाडेर सबैले हातेमालो गर्दै राम्दीको बृहत गुरुयोजना बमोजिम निर्माण कार्यमा लागौं।”
आयब्याय सार्वजनिक समारोहमा धार्मीक अभियान्ता शंकरप्रसाद पाण्डे, उपाध्यक्ष डोलराज बस्याल, महासचिव नवीन पाण्डे, कोषाध्यक्ष श्यामप्रसाद बस्याल, निर्माण समितिका अध्यक्ष मणिप्रसाद बस्याल लगायतले पत्रकारहरुले उठाएका जिज्ञाशाहरुको सहजीकरण गरेका थिए। पत्रकार सम्मेलनमा स्याङ्जा र पाल्पाका झण्डै ३० जना पत्रकारहरुको सहभागिता रहेको थियो। यसैबीच रामनदी धाम राम्दीमा ९ वर्ष अगाडि गरिएको महायज्ञको आयव्याय सार्वजानिक नभएको भन्दै पत्रकार सम्मेलनमार्फत गरिएको थियो। स्याङ्जाको साविक मालुङ्गा गाविस हालको गल्याङ नगरपालिका १ स्थित स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधाम राम्दीमा गरिएको श्रीमाद भागवत सप्ताह महायज्ञ तथा धार्मिक पर्यटन महोत्सवबाट संकलित रकमको आयव्याय सार्वजानिक नगरिएको र उद्देश्य बमोजिम भौतिक निर्माण समेत नभएको भन्दै केही दिन अघि पत्रकार सम्मेलन गरिएको थियो । महायज्ञ समापन भएपनि आयव्याय सार्वजानिक नभएको, निर्माणसम्बन्धी कुनै कार्य नभएको भन्दै पत्रकार सम्मेलन गरिएको थियो।
Related News
सम्बन्धित समाचार
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
स्याङ्जाली सम्पर्क सदन पोखराको ३० औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१