गण्डकीमा ५०० नाघे कोरोना संक्रमित

आदर्श समाज सम्वाददाता
असार ७, २०७७
Gandaki Map

पोखरा, ७ असार । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । आइतबार बिहान थप १६ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या कुल ५ सय ४ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको हो।

गण्डकीका ११ वटै जिल्लामा संक्रमण फैलिन गएको छ ।

पछिल्लो विवरण अनुसार प्रदेशका बागलुङका ९, म्याग्दीका ४, पर्वतका २ र तनहुँका १ गरी कुल १६ जनामा संक्रमण पुष्टि भएको हो । तीमध्ये म्याग्दीको रघुगंगा गाउँपालिकाकी ३३ वर्षीया महिला छन् अन्य सबै १५ जना पुरुष हुन्।

उनीहरु सबैजनालाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रम गण्डकीका प्रवक्ताका डा. विनोदबिन्दु शर्माले जनाए।

Related News

सम्बन्धित समाचार

hero news full width