नयाँदिल्ली, ४ असार । भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन्। भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन्।
स्वास्थ्य अधिकारीहरुका अनुसार भारतमा अहिले पनि १ लाख ६० हजार ३८४ जना संक्रमित अवस्थामै रहेका छन् भने अरु १ लाख ९४ हजार ३२५ जना संक्रमणमुक्त भएका छन् । भारतका स्वास्थ्य अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ३३४ रहेको छ । योसँगै भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या १२ हजार २३७ पुगेको छ।
भारतमा प्रदेशअनुसार हेर्दा सवैभन्दा धेरै संक्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । यस प्रदेशमा अहिलेसम्म १ लाख १६ हजार ७५२ जना सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन्। ती मध्ये कुल ५१ हजार ९३५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु ५९ हजार १६६ जना संक्रमणमुक्त भइसकेका छन्।
त्यसैगरी दोस्रो धेरै संक्रमित रहेको तमिलनाडु प्रदेशमा ५० हजार १९३ जना रहेका छन् । राजधानी रहेको दिल्ली प्रदेशमा ४७ हजार १०२ जना सङ्क्रमित भएका छन्।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१