पोखरा ३, असार । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले पोखरा–२२ स्थित पुम्दीकोटमा निर्माणाधीन महादेवको मूर्ति सहितको परियोजनालाई सफल पार्न प्रदेश सरकारले समेत सहयोग गर्ने बताएका छन्।
बुधबार उक्त परियोजनाको निर्माण स्थल पुम्दीकोटमै पुगेर अवलोकन गर्दै मुख्यमन्त्री गुरुङले बिशाल महादेवको मूर्ति निर्माण परियोजनालाई सफल पार्न प्रदेश सरकारले केही न केही सहयोग गर्ने बचन दिएका हुन्। उक्त महादेवको मूर्ति निर्माण सफल पार्न सवैको साथ र सहयोग आवश्यक भएकोमा जोड दिए । उनले भने “ करिब दुई वर्ष अघि पुम्दीकोटमा आउदा केही भागमा जमिन खनिएको मात्र थियो, आज मूर्ति राख्ने स्ट्याचु सहितको भवन निर्माण हुनु यो हाम्रो प्रदेशको लागि खुशीको कुरा हो ।
बिशाल महादेव मूर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले आउदो मंसिर भित्र मूर्ति स्थापना गर्न थप दुई करोड रुपैयाँ आवश्यक भएको बताए । एक करोडको व्याबस्थापन प्रदेश, संघीय र स्थानीय सरकारबाट भएको खण्डमा एक करोड आन्तरिक श्रोतबाट जोहो गर्ने उनले बताए । हालसम्म मूर्ति निर्माणको काम ४० प्रतिशत सकिएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापना गर्न लागिएको उक्त स्थानमा एक सय ८ वटा शिव लिङ्ग स्थापना सहितको निर्माण कार्य भइरहेको छ ।
पद्मा आसनमा बसेको ५१ फिट अग्लो महादेवको मूर्ति हाल भारतको दिल्लीमा निर्माणको क्रममा रहेको अध्यक्ष बरालले जनाए । शिवको ऐतिहासिक बिषय बस्तुहरु समेटिएको भिडियो प्रर्दशन गर्ने कक्ष, एक सय ५० सिट क्षमताको ध्यान केन्द्र, १८ वटा एट्याट वाथरुम सहितका सटर निर्माण भएका छन्। ४० करोडको उक्त योजनामा हालसम्म करिब १२ करोड रुपैया खर्च भएको जानकारी अध्यक्ष बरालले दिए ।
शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिनुपर्ने
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएका छन् । बुधबार पोखरा २२ स्थित शुक्रराज माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्।
बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसंगै आवासीय सहितको बिद्यालयको अवधारणा अनुसार अघि बढ्न सुझाव दिर्दै उनले शुक्रराज माविले हाल संचालन गरेको प्राविधिक शिक्षा धेरै राम्रो भएको प्रसंशा गरे । बिद्यालयको भौतिक संरचना राम्रो भएकोले बिद्यालयमा गुणस्तरीय र व्यवसायिक शिक्षाको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको मुख्यमन्त्री गुरुङले जनाए ।
उनले भने “ हाल देशका धेरै ठाउँमा निजी बिद्यालयहरुले गर्दा सामुदायिक बिद्यालयहरुमा बिद्यार्थीको सङख्या घट्दो रुपमा गएको छ, सामुदायिक बिद्यालयमा थोरै बिद्यार्थीहरु हुँदा बिद्यालय व्याबस्थापन गर्न कठिन भएको छ ।
Related News
सम्बन्धित समाचार
विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१