तनहुँ । लामो समयको लकडाउनले विद्यार्थीको पढाइ प्रभावित बनेको भन्दै रुम टु रिडले शिक्षा विकास तथा समन्वय इकाइ तनहुँको समन्वयमा तनहुँमा रेडियो स्कुल सञ्चालन गर्दै आएको छ ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसन तनहँुको साझेदारीमा २२ वैशाखदेखि मादीसेती एफएमअन्तर्गत सो कार्यक्रम संचालित हुँदै आएको हो ।
रुम टु रिड तनहुँ फिल्ड कार्यक्रम व्यवस्थापक खड्गबहादुर कुवँरले बालबालिकालाई घरमै बसी मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने, आफ्ना प्रतिभाहरु प्रस्फुटन गर्ने अवसर दिने, घरमै बसेर सन्दर्भ पुस्तक अध्ययन गर्न प्रोत्साहित गर्ने, ज्ञानगुन कुराहरु जान्ने बुझ्ने उद्देश्य अनुसार रेडियो कार्यक्रम शुरु गरिएको बताए ।
रेडियो स्कुलअन्तर्गत रोचक जानकारी, बाल कविता, कथा, सन्देशमूलक नाटक, कक्षा १ र २ का बालबालिकाको लागि शब्द निर्माण प्रतियोगिता, जीवनोपयोगी शिक्षाले किशोरीहरुमा आएका सकारात्मक अनुभवहरु, लकडाउनमा बालिकाहरु कसरी सुरक्षित रहन सक्छन् भन्नेजस्ता विषय समावेश गरिएको कुँवरले बताए ।
कार्यक्रममा विभिन्न विज्ञको सुझाव र अन्तर्वार्तासमेत प्रमुखताका साथ प्रसारण गरिएको जनाइएको छ । रेडियो स्कुल कार्यक्रम प्रत्येक दिन बेलुका ५ देखि साढे ५ बजेसम्म सञ्चालन हुँदैआएको छ ।
कार्यक्रममार्फत बालविवाह र यसका वेफाइदा, कोभिड–१९ र बालबालिकाप्रति यसको असर, महिनावारी, लैँगिक भूमिका र पुरातन धाराणा जस्ता विषय नाटक, संवाद, कविता, गीत, अन्तर्वार्ता लगायत माध्ययमबाट प्रस्तुत गरिएको छ । सो कार्यक्रमले बालबालिका, शिक्षक, अभिभावकमा सकारात्मक प्रभाव पारेको दाबी गरिएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१