पोखरा, २६ जेठ । पोखरामा जुम मार्फत हास्य कलाकार निर्मल गिरी गैँडा ले हास्य प्रस्तुति दिएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन कास्कीले आयोजना गरेको राष्ट्रिय अनलाइन वक्तृत्वकला प्रतियोगितामा निर्मलले आफ्नो हास्य प्रस्तुतिमार्फत् सहभागीलाई मनोरञ्जन दिएका हुन् । शर्माले अहिलेको यस्तो प्रतिकूल समयमा पनि आफ्नो कर्तव्य निर्वाह गरेकामा संगठनलाई बधाई दिँदै आफ्नो विद्यार्थी र कलाकारिता जीवनका विभिन्न रमाइला किस्साहरु सुनाएका थिए । उनले आफूलाई कलाकारिता क्षेत्रमा चिनाउन सफल कविता दुई थोपा आँसु टप्प टप्प भन्ने कविता सुनाएका समेत सुनाएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका पूर्व कार्यवाहक अध्यक्ष रामचन्द्र अधिकारी आरसीले शिक्षक संगठनको इतिहास, त्याग र योगदानका बारेमा बताउँदै नेतृत्व तह जहिले पनि व्यक्तिगत स्वार्थबाट माथि उठेर सामूहिक स्वार्थका लागि अघि बढ्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै अहिलेको कोरोनाका कारण देश तहसनहस अवस्थामा शिक्षक संगठनको यो कार्यक्रम नै सामूहिक स्वार्थको प्रतिबिम्ब भएको र यस कार्यका लागि कास्की जिल्ला सबैभन्दा अगाडि रहेकोमा बधाइृ तथा शुभकामना दिएका छन् ।
त्यस्तै कार्यक्रमको समीक्षक राष्ट्रिय युवा परिषदका सदस्य युवा नेता दिलिप न्यौपानेले भोलिका कर्णधार विद्यार्थी भाइबहिनीलाई समयानुकूल करियर प्लेटफर्म निर्माण गरी यस्तो रचनात्मक कार्यको अरुले पनि सिक्नुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता संगठन कास्कीका अध्यक्ष रोमहर्षण पौडेलले समयको मागलाई मध्यनजर गर्दै संगठनले पहिलो चरणको अनलाइनमार्फत नै शिक्षक तालिम र दोस्रो चरण अन्र्तगत वक्तृत्वकला प्रतियोगिता राखिएको बताए । त्यस्तै हरेक दिन राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक कार्यक्रम पनि रहने पौडेलले जानकारी दिए ।
वक्तृत्वकला प्रतियोगितामा देशभरबाट ९७ जना विद्यार्थी सहभागी मध्ये प्रतियोगिताको पाँचौँ दिन वैदेशिक रोजगार, सम्भावना र चुनौति भन्ने शीर्षकमा हरिकला अधिकारी, जगत नेपाली, जमुना रसाइली, कविता आचार्य, कबु खड्का, कञ्चन विश्वकर्मा, कपिल विश्वकर्मा, करुणा ढकाल, कोमल श्रीवास्तव र लोकेन्द्र कार्की गरी १० जना विद्यार्थीले वक्तृत्व प्रस्तुत गरेका थिए ।
विभिन्न चरण गरी १३ दिनसम्म चल्ने वक्तृत्वकला प्रतियोगिताका निर्णायक मण्डलमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. यदुनन्दन उपाध्याय, सहप्रा.डा. पुण्यप्रसाद शर्मा, पृथ्वीनारायण क्याम्पसमा प्राध्यापनरत डोलराज अर्याल र नेपाली भाषा शिक्षक परिषद कास्कीका अध्यक्ष डिल्लीराम अर्याल रहेका छन् ।प्रतियोगितामा प्रथम हुनेले रु २५ हजार, दोस्रोले रु १५ हजार, तेस्रो हुनेले रु १० हजार, ७ जनालाई रु २ हजारका दरले सान्त्वना पुरस्कार र सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने कार्यक्रममा संयोजक तीर्थराज ढकालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
को होला मिस तामाङ ?
मेला हेरे मोबाइल !
ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
hero news full width
मुख्य समाचार
राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु
जनप्रियको वार्षिकोत्सवमा सम्मान
माघ १०, २०८१खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित
माघ १०, २०८१पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी
माघ १०, २०८१बयानपछि लामिछानेलाई परिवारको जिम्मा
माघ १०, २०८१गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
माघ ९, २०८१