इङ्लिस प्रिमियर लिग सुचारुपूर्व आयोजकले दियो मैत्रीपूर्ण खेल खेल्ने अनुमति

आदर्श समाज सम्वाददाता
जेठ २२, २०७७
English Primiereship League

पोखरा । इङ्लिस प्रिमियर लिग क्लबहरुले लिग सुचारु पूर्व मैत्रीपूर्ण खेलहरु खेल्ने अनुमति पाएको छ ।

कोरोना महामारीपछि झन्डै तीन महिनापछि सुरु हुन लागेको इङ्लिस प्रिमियर लिग सुचारु हुनुअघि प्रिमियर लिग आयोजकले इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न अनुमति दिएको हो ।

कोरोनाका कारण मार्च पहिलो सातादेखि स्थगित भएको इङ्लिस प्रिमियर लिग १७ जुनदेखि पुनः सुचारु हुँदैछ ।

प्रिमियर लिग क्लबको प्रदर्शनलाई ध्यानमा राख्दै एक अर्कासँग मैत्रीपूर्ण खेल खेल्न आयोजकले अनुमति दिएको हो ।

मैत्रीपूर्ण खेल क्लबको प्रदर्शन र कमी कमजोरी सुधारका लागि मौका हुन सक्ने प्रिमियर लिग आयोजकले बताएको छ । मार्च पहिलो सातायता, क्लबहरूले प्रशिक्षण र खेल्ने मौका पाएको छैन ।

मैत्रीपूर्ण खेलका लागि क्लबले विभिन्न नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भूमिका निभाउनुपर्ने हुन्छ । मैत्रीपूर्ण खेल ९० मिनेटभन्दा बढी हुनेछैन । खेलाडीहरू आफ्नै कारमा खेल स्थलसम्म पुग्नुपर्नेछ ।

मैत्रीपूर्ण खेलका लागि खेलकुदका सामग्रीहरु खेलाडीहरु स्वयंले लैजानु पर्ने हुन्छ । मैत्रीपूर्ण खेल क्लबको स्टेडियम वा प्रशिक्षण स्थलमा हुनेछ । जहाँ जोखिमलाई पूर्ण रूपमा पालना गरिनेछ । खेलाडीहरूको अनिवार्य कोरोना परीक्षण गरिएको रिपोर्ट हुनुपर्नेछ ।

प्रिमियर लिग पुन सुचारु हुने अवस्था बनेपछि क्लबहरूले झन्डै एक महिना अघिदेखि प्रशिक्षण थालेका हुन् । यसै सातादेखि क्लबहरूले कन्ट्याक्ट प्रशिक्षण थालेका छन् ।

कोरोना महामारीको लकडाउन खुलेसँगै सुचारु हुने प्रिमियर लिगको पहिलो दिन म्यानचेस्टर सिटीले १७ जुनमा आर्सनलसँग खेल्नेछ । सोही दिन सेफिल्ड युनाइटेड र एस्टन भिल्लाबीच पनि अर्को खेल हुनेछ ।

प्रिमियर लिग अन्तर्गत २० जुनबाट ३० औं चरणका खेलहरू हुनेछन् । २५ जुलाईमा यो सिजन सकिनेछ । मर्सिसाइड क्लब लिभरपुल ३० वर्षपछि प्रिमियर लिगको उपाधिनजिक छ । लिभरपुललाई च्याम्पियन बन्न केवल २ जितको खाँचो छ ।

लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २५ अंकले पछि पारेको छ । लिभरपुलको २९ खेलबाट ८२ अंक छ । सिटीको २८ खेलबाट ५७ अंक छ । बर्नमाउथ, एस्टन भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा परेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width