पोखरा, २० जेठ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका विभिन्न वडामा स्वास्थ्य सुरक्षा, औषधि तथा खाद्यान्य सामाग्री सहयोग गरिएको छ ।
विश्वव्यापीमहामारीको रुपमा फैलिरहेको कोभिड -१९ को बढ्दो संक्रमण र उच्चजोखिमको परिस्थितिलाई मध्यनजर गर्दै यसको रोकथाम र नियन्त्रणमा पूर्व सावधानी अपनाउनका लागि शिक्षा र स्वस्थ्यको क्षेत्रमाकार्य गर्दै आईरहेको पोखराको नेलम्बो नेपालले आफ्नो कार्य क्षेत्रमा पर्ने ठाउँमा सहयोग गरेको हो ।
नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा, कार्यक्रम संयोजक किसन कोइरालाले माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष हरिश्चन्द्र ढुड्डाना र वडा नं. ७ का वडाध्यक्ष समबहादुर गुरुङलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेका हुन् ।माच्छापुच्छ्रे गाँउपालिका वडा नं. ६, धितालमा ४४ हजार ७ सय ८ रुपैया वरावरको पीपीई लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन हस्तान्तरण सहयोग गरेको हो ।
त्यसैगरी सोही गाँउपालिकाको वडा नं. ७ धम्पुसमा अवस्थित स्वास्थ्यचौकीलाई ६५ हजार ८ सय ३४ रुपैया वरावरको पीपीई लगायत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु थर्मोमीटर, स्यानिटाईजर, डिस्पोजेबल मास्क, डिस्पोजेबल गल्वस, हातधुने साबुन सहयोग गरेको हो ।त्यस्तै वडा नंंं. ६ मा बसोबास गर्ने पार्वती नेपाली र दीपेन्द्र नेपालीलाई ५ हजार ३७ रुपैया वरावरको नियमित रुपमाखाने औषधि र खाद्यान्य सामाग्रीहरु सहयोग गरेको नेलम्बो नेपालका सम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारीले जानकारी दिए । नेलम्बो नेपालले शिक्षा र स्वास्थ्यका क्षेत्रमा माछापुच्छ्रे गाउँपालिका काम गर्दै आएको छ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
पोखरामा १४ मजदुर सम्मानित
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१