म्याग्दी ,१९ जेठ । म्याग्दी र पर्वतका गरी थप तीन जनामा डेङ्गु संक्रमण देखिएको छ । उपचार्थ बेनी अस्पताल आएका म्याग्दी बेनी नगरपालिका र मंगला गाउँपालिका तथा पर्वतको जलजला गाउँपालिकाकी एक गरी तीन जनामा डेङ्गु पोजेटिभ देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए ।
उनका अनुसार आइतबार उपचार्थ बेनी अस्पताल आएका जिल्लाको बेनी नगरपालिका–६ जरबुटा स्थित थाकनपोखरीकी ५४ वर्षीया महिलामा डेङ्गु हेमोरोजिक फिवर र स्क्रव टाइफस तथा मंगला गाउँपालिका–५ छिस्बाङ्गकी ४९ वर्षीया महिलामा डेङ्गु पोजेटिभ देखिएको हो । यसैगरी सोमबार उपचार्थ बेनी अस्पताल आएकी पर्वत जलजला गाउँपालिका–४की ७८ बृद्धा महिलामा डेङ्गु पोजेटिभ देखिएको हो । सूचना अधिकारी सुवेदीका अनुसार ती बृद्धा महिलामा उच्च ज्वरो आउने ,शरिर दुख्ने लगायत लक्षण देखा परेको थियो । जलजला–४ की ७८ वर्षीया बृद्धा महिला र छिस्बाङ्गकी ४९ वर्षीया महिलालाई थप उपचारका लागिअस्पतालमा भर्ना गरिएको छ ।
थाकनपोखरीकी महिलामा देखिएको डेङ्गु हेमोरोजिक फिवर म्याग्दीमा नयाँ हो । थाकन पोखरीकी ५४ वर्षीया महिलालाई थप उपचारका लागि पोखरा स्थित मनिपाल अस्पताल रिफर गरिएको सूचना अधिकारी सुुवेदीले जानकारी दिए । समयमै उपचार नहुँदा डेङ्गु विकसित भई हेमोरोजिक फिवरको रुपमा देखा पर्दछ । यो संगै म्याग्दीमा १२ र पर्वतमा १ गरी १३ जनामा डेङ्गु संक्रमण देखिएको अस्पतालले जनाएको छ । अहिलेसम्म ९ जना निको भएर घर फर्किएका छन् भने चारजना उपचाररत छन् । चार जनामध्ये एक जनालाई पोखरा स्थित मनिपाल अस्पताल रिफर गरिएको छ ।
एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुने अस्पतालका बरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट सञ्जोग तिमिल्सिनाले बताए । उनका अनुसार उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकोको पछिल्लो भाग दुख्ने शरिरमा बिमिरा आउने, हाड जोर्नी तथा मांसपेसीहरु दुख्ने डेगुको मुख्य लक्षण हुन् । टिन, रंगका खाली डब्बा, टायर ट्युब, खाली ड्महरुमा पानी जम्न नदिने, घर, कौसीको गमला, फुलदानी, एयर कण्डिसन, कुलर, पानीको ट्याकीमा डेङ्गु सार्ने लामखुट्टेले फुल पार्छ । डेङ्गु फैलिन नदिन लामखुट्टेको बासस्थान नष्ट गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१