पूर्वी नवलपरासीकी कोरोना संक्रमित महिला निको भएर घर फर्किन्

आदर्श समाज सम्वाददाता
जेठ १७, २०७७

नवलपरासी, १७ जेठ । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका कोरोना संक्रमित एक जना महिला निको भएर घर फर्किकी छिन् ।

सशस्त्र प्रहरी अस्पताल काठमाडौंमा उपचाररत २४ वर्षीया ती महिला शनिबार अस्पतालबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीका प्रमखु केशव चापागाईले बताए ।

रुपन्देही घर भएकी ती महिला बैशाख १९ गते रुपन्देहीबाट सीजी अगाडि माइतमा १० दिन बसेर २९ गते काठमाडौं गएपछि कोरोना संक्रमण देखिएको थियो । नवलपुरमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखिएकोमा ५ जना उपचाररत रहेका छन् भने १ जना ती महिला डिस्चार्ज भएकी छिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width