खेलकुदमा झण्डै २ अर्ब ३६ करोड, पोखरामा हुने नवौं राष्ट्रिय खेलकुदलाई बजेट विनियोजन

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७७
created by dji camera

आकाशबाट खिचिएको पोखरा रंगशाला लगायत आसपासको दृश्य। तस्वीर: सुदर्शन रञ्जित

सरकारले आगामी आवका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघीय संसद्का संयुक्त बैठकमा बिहीबार आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले २ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।

सरकारले नयाँ आवका लागि खेलकुद क्षेत्रको बजेट घटाएको छ । चालू आर्थिक वर्षमै मन्त्रालयलाई ३ अर्ब ९९ करोड रुपैयाँ बढी बजेट विनियोजन गरिएको थियो । आगामी आवको लागि बिनियोजित रकम अघिल्लो आर्थिक बर्षको बजेट भन्दा झण्डै ४० प्रतिशत कमी हो । त्यसअघिको आर्थिक वर्ष २०७५/७६ मा सरकारले ४ अर्ब १८ करोड रुपैयाँ बजेट मन्त्रालयलाई विनियोजित थियो ।

आगामी आवको लागि खेलकुद पूर्वाधारलाई केन्द्रमा राख्दै बजेट विनियोजन गरिएको छ । खेलकुद पूर्वाधारको कार्यक्रम, प्रतियोगिता र प्रशिक्षणको कार्यक्रमका लागि बजेट विनियोजन गरिएको डा. खतिवडाले जनाए ।

उनले सबै स्थानीय तहमा खेलग्राम कार्यक्रमलाई निरन्तरता दिँदै नवौं राष्ट्रिय खेलुकद प्रतियोगिता संचालन गर्न राष्ट्रिय पूर्वाधार निर्माणका लागि रकम विनियोजित गरिएको छ ।
खेलकुद पूर्वाधारको कमी रहेको गण्डकी प्रदेशमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता संचालन गर्न आवश्यक पूर्वाधार निर्माण गरिने, उच्च पर्वतीय खेलकुद तालिम केन्द्र स्थापना गर्न र थप कभर्डहल निर्माणका लागि बजेट व्यवस्था गरिएको छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा अन्य क्रिकेट रंगशाला, अन्तर्राष्ट्रियस्तरको खेलकुद मैदान, प्रादेशिक रंगशाला निर्माणमा जोड दिएको छ ।
आगामी आवमा युवा नवप्रवद्र्धन कार्यक्रम संचालन गरिने, युवाउद्यमी बनाइने, युवालाई व्यावसायिक तालिम प्रदान गरिने लगायत कार्यक्रमसमेत बजेटमा समेटिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width