फलफूल बिक्री वितरणमा रोक

श्रीभद्र पौडेल
जेठ ९, २०७७
hemja milenchock photo

हेमजा, ९ जेठ ।पोखरा–२५, हेमजा वडा कार्यालयले वडा बाहिरबाट आयात गरी फलफूल बिक्रीवितरण गर्न रोक लगाएको छ।हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट सुरक्षित हुनका लागि त्यस्तो निर्णय गर्नुपरेको वडाध्यक्ष शोभाकर तिम्सिनाले बताए ।यो निर्णय लगडाउन अवधिभर लागु हुनेछ।

त्यस्तै वडाले विहान ६ बजेदेखि १० बजेसम्म मात्रै खाद्य सामग्री र तरकारीका पसल खोल्न निर्देशन दिएको छ ।अन्य पसलहरु भने कुनै पनि बेला खोल्न पाइने छैन ।निर्देशनको पालना नगरे कारवाही गरिने वडाले जनाएको छ।त्यस्तै वडा छिर्ने मुख्य नाका याम्दी र फेदीमा निग्रानी समूह राख्ने तयारी पनि थालिएको छ ।जसका लागि वडास्तरीय कोरोना नियन्त्रण तथा रोकथाम सहजीकरण समिति गठन गरिएको वडा सदस्य लक्ष्मी अधिकारीले बताइन्।

लकडाउनलाई प्रभावकारी बनाउन वडाले बुधवार पार्टी, सामाजिक संघसंस्था, क्लब, शिक्षण संस्था, रेडक्रस, महिला संजाल लगायतका प्रतिनिधीसँग छलफल समेत गरेको थियो । यसैबीच हेमजा स्थित मिलनचोक क्षेत्रमा लगडाउनको खासै पालना भएको देखिदैन।वडाको मुख्य व्यापारीक स्थल तथा माछापुच्छे« गाउँपालिका छिर्ने मुख्य नाका मिलनचोकमा माक्स नलगाई मानिस दैनिक ओहोरदोहोर गरिरहेका देखिन्छन् ।त्यस्तै सामाजिक दुरीको समेत ख्याल गरिएको छैन।अत्यावश्यक बाहेकका पसलहरु पनि खुलेका तथा गाडीहरु बाक्लै गुडेका देखिन्छन्।

Related News

सम्बन्धित समाचार

hero news full width