काठमाडौँ । नेपाल बैंक लिमिटेडले चैत मसान्तमा कायम ब्याजदरमा २ प्रतिशत विन्दुले छुट दिने भएको छ ।
कोरोना सङ्क्रमणका कारण सरकारले देशव्यापी लकडाउन गर्दै आइरहेको र सो कारणले आर्थिक तथा व्यावसायिक गतिविधि हुन नसक्दा उद्योगी, व्यवसायी तथा अन्य ऋणीमा परेको असर न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकद्वारा वैशाख १६ गते सूचना जारी गरी ब्याज छुट नपाउने भनी वर्गीकरण गरेका कर्जाका क्षेत्रबाहेक अन्य सबै कर्जामा छुट दिन निर्देशन दिइएको थियो ।
नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीका अनुसार यस्तो छुट त्रैमासिक ब्याज, किस्ता तथा अन्य दैदस्तुर तिर्ने ऋणीको हकमा २०७६ पुस मसान्त तथा मासिक किस्ता, ब्याज तथा अन्य दैदस्तुर तिर्नेहरूको हकमा २०७६ फागुन मसान्तको त्यस्ता रकम तिर्न बाँकी भएका ग्राहकले चौथो त्रैमासभित्र कर्जा नियमित गरेमा समेत वैशाखदेखि असारसम्मको अवधिको ब्याजमा २ प्रतिशत विन्दुले छुट पाउनेछन् ।
विसं २०७७ वैशाखमा किस्ता तिरिसकेका ग्राहकले पनि यस्तो छुट सुविधा पाउने र सोको हिसाब मिलान बैंकद्वारा गरिनेछ । यस प्रकारको छुट सुविधा प्रदान गर्दा कतिपय ग्राहकले बैंकको आधारदर बराबरकै अर्थात् ७.८२ प्रतिशतकै न्यूनतम ब्याजदर सुविधा प्राप्त गर्न सक्नेछन् ।
Related News
सम्बन्धित समाचार
एमएनएस एड्भेन्चर टुर्स एण्ड ट्राभल्सले थप्यो भिआइपी २ बस
१३ औं पोखरा महोत्सवको लोकनृत्यमा १४ टिम
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
‘सिमेन्टमा मूल्यवृद्धि फिर्ता गर’
hero news full width
मुख्य समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
माघ ३, २०८१करार र काजले भरिएको पोखरा महानगर
माघ ३, २०८१काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१