मनीषाको चर्को आलोचना

आदर्श समाज सम्वाददाता
जेठ ८, २०७७
padma-aryal-new-map890

पोखरा । नक्सालाई समर्थन गरेको भन्दै अभिनेत्री मनीषा कोइरालामाथि भारतीय मिडिया खनिएको छ ।
परराष्ट्रीमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णयउपर लेखेको ट्वीटर मेन्सन गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद । तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’
लिम्पियाधुरासहित ३ सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका हुन् ।
उनको यो पक्षधरतालाई केही भारतीय मिडियाले चीनको पक्ष लिएको भनेर समेत लेखेका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको भन्दै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका छन् ।
लामो समय बलिउडमा राज गरेकी अभिनेत्री कोइराला हिन्दी फिल्ममा उत्कृष्ट अभिनय गर्ने अभिनेत्रीमा पर्छिन् ।

Related News

सम्बन्धित समाचार

  • सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । गण्डकीका सांसद जित शेरचन बजेट निर्माणमा फिक्सिङ भएका योजनाहरु अलपत्र परेको बताउँछन् । सरकारले बजेट बनाउँदा सांसदलाई थामथुम…
  • को होला मिस तामाङ ?

    आदर्श समाज सम्वाददाता माघ १२, २०८१
    पोखरा । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखराको ग्राण्ड फिनाले शनिबार हुँदैछ । पोखरा सभागृहमा ११…
  • मेला हेरे मोबाइल !

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सवमा सहभागी दर्शकमध्ये हरेक दिन पाँच जनालाई मोबाइल पुरस्कार दिइने भएको छ…
  • ड्याडिज किचनका २२ शाखा बिस्तार, पोखराको चिप्लेढुंगामा पनि उद्घाटन

    आदर्श समाज सम्वाददाता माघ ११, २०८१
    पोखरा । आजभन्दा करिब १२ वर्षअघि बुटवलमा ठेलाबाट सुरुआत भएको ड्याडिज किचनले हालसम्म २२ शाखा बिस्तार गर्न सफल भएको छ…
  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…

hero news full width