काठमाण्डौ, ८ जेठ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुखले बुधबार कोरोना भाइरस महामारीबाट मुक्त हुन विश्वलाई लामो समय लाग्नसक्ने बताएका छन् ।
कोरोना संक्रमितको संख्यामा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धिकाबीच उनले यस्तो बताएका हुन् । डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार नयाँ संक्रमित फेला परेका छन्।
डब्लुएचओका महानिर्देशक टेड्रोस अडानोम गेबेरियससले कम र मध्यम आय भएका राष्ट्रहरूसँग बढ्दो संक्रमणका बारेमा भएको सम्मेलनमा यस किसिमको चेतावनी दिएका हुन्। ’पछिल्लो २४ घण्टामा मात्रै डब्लुएचओलाई १ लाख ६ हजार नयाँ संक्रमितको तथ्याङक पेश गरिएको छ । यो महामारी सुरु देखिको दैनिकी रेकर्ड अनुसार एकै दिनमा सबैभन्दा धेरै पुष्टि भएको संख्या हो,’ महानिर्देशक टेड्रोसले सम्मेलनमा भने, ’यी मध्य झण्डै दुई तिहाई संक्रमित केसहरु चार देशका हुन्।’
विश्वव्यापी रूपमा संक्रमित संख्या ५० लाख नाघेपछि डब्लुएचओले चिन्ता व्यक्त गरेको हो।अमेरिका लगायत संक्रमण बढ्दो अवस्थामा रहेका देशहरुले लकडाउनका प्रतिबन्धहरु हटाउन थालेपछि डब्लुएचओले चेतावनी दिएको हो।दुई साता अघि संसारभर संक्रमित संख्या जम्मा ४० लाखको हाराहारीमा थियो भने पछिल्लो दुई सातामै यो संख्या ५० लाख नाघिसकेको छ । तर विज्ञहरूका यो तथ्याङ्क सही हुन नसक्ने पनि भन्दै आएका छन् ।
विश्वका धेरै देशहरूमा परीक्षणदर निकै कम भएकाले संक्रमित संख्या अझ बढी हुन सक्छ उनीहरूको बुझाइ छ।जोन हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर ३ लाख २६ हजार भन्दा बढी मानिसहरु संक्रमणका कारण मरेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुकको पहिलो नम्बरमा अमेरिका छ। यहाँ १५ लाख जनामा संक्रमण पुष्टि भएको छ भने ९२ हजार बढीले ज्यान गुमाएका छन्।
Related News
सम्बन्धित समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
बुढ्यौलीमा भेडीगोठ मोह
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१