स्याङ्जा, ७ जेठ । रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका नेपालीले गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोषमा डेढ लाखभन्दा बढी रकम आर्थिक सहयोग गरेका छन् ।
गल्याङ नगरपालिका र देशका अन्य जिल्ला कपिलवस्तु, झापा, सङ्खुवासभा, पाँचथर र सोलुखुम्बुबाट रोजगारीको सिलसिलामा कोरिया पुगेका युवाले कोरियामा रहेका नेपालीसँग उठाएर राहत कोषमा रु एक लाख ५१ हजार सहयोग गरेका हुन् ।
कोरियामा रहेका ३८ युवाले राहत कोषका लागि रु दुईदेखि पाँच हजार सङ्कलन गरी कोरोना भाइरसको सङ्क्रमण र रोकथामका लागि सहयोग पुगोस् भनेर राहात रकम सहयोग गरेको रोजगारीको सिलसिलामा कोरियामा रहेका नारायण अर्यालले जानकारी दिए ।
वडा नं ११ का वडासदस्य डिल्लीप्रसाद भण्डारी (गोपाल) लाई सम्पर्क गरी आफूहरुले जम्मा गरेको रकम पठाएको अर्यालले बताए । दक्षिण कोरियाबट युवाले पठाएको सो रकम वडासदस्य गोपालले नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरेका थिए ।
रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले रोजगारीको सिलसिलामा विदेश रहेका युवाले कोरोना भाइरसको महामारीबाट विश्व नै समस्यामा परेको दुःखद् अवस्थामा पनि नगरपालिकालाई सम्झिएर सहयोग गरेकोमा धन्यवाद दिँदै रकमलाई सही सदुपयोग गर्ने बताए ।
Related News
सम्बन्धित समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
hero news full width
मुख्य समाचार
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१