लमजुङमा पनि एक जनामा कोरोना संक्रमण देखिएको छ । तर उनको परीक्षण पोखराबाट भएको होइन।
‘हाम्रोबाट परीक्षण भएर पोजिटिभ आएको होइन । त्यसबारे कुनै रिपोर्टिङ पनि भएको छैन,’ गण्डकी स्वास्थ्य निर्देशनालयका नवराज शर्माले भने, ‘हामीले ट्रेसिङ गरिएका छैन । हामीलाई जानकारी भएन ।’ उनका अनुसार स्वास्थ्य मन्त्रालयसँग बुझेर ट्रेसिङ गरिने छ।
योसँगै गण्डकीमा संक्रमितको संख्या ४ पुगेको छ । यसअघि बागलुङका २ महिला र नवलपुरका १ जना पुरुषमा संक्रमण पुष्टि भएको थियो।
बागलुङका २ जना उपचारपछि डिस्चार्ज भैसकेका छन् । नवलपुरका संक्रमित व्यक्तिको भने भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ सय २ पुगेको छ । तीमध्ये २ जनाको मृत्यु भएको छ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१