नवलपुर, २ जेठ । पूर्वी नवलपरासी (नवलपुर) जिल्लामा शुक्रबार २० जनाको स्वाब संकलन गरिएको छ । दुई दिन अघि भारतबाट आएका २१ जना मध्ये २ जना कावासोती र १ जना देवचुलीको सहित शुक्रबार २० जनाको स्वाब संकलन गरिएको र परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले बताए ।
संकलित स्वाव भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशाला पठाइएको छ । रिपोर्ट शनिबारसम्ममा आउने सक्ने चापागाईले जानकारी दिए । २० जनामा चापागाईका अनुसार गैडाकोटका ३ जना, देबचुलीका १२ जना, बिनयीत्रिबेणीका २ जना र कावासोतीका ३ जनाको स्वाव परीक्षणका लागि नमूना लिइएको हो । उनीहरु भारतका साथै वीरगञ्ज, धनुषा, कपिलवस्तु, काठमाडौं लगायतका क्षेत्रबाट आएकाहरु हुन् । नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा ल्याएर उनीहरुको नमूना संकलन भएको हो ।
आज शुक्रवार नमूना संकलन भएका उनीहरुमध्ये २ जनालाई जिल्ला अस्पतालको आईशोलेसनमा राखिएको छ भने बाँकीलाई स्थानीय सामुदायिक क्वारेन्टाईन र होम क्वारेन्टाईनमा पठाइएको जनाइएको छ ।यसअघि परीक्षण भएका यहाँका ९८ स्वावमध्ये ९७ नेगेटिभ थिए भने बुधवार परीक्षण भएको १ जनाको हिजो बिहीवार कोरोना संक्रमण पुष्टि भएको थियो । ती संक्रमित भरतपुर कोरोना अस्पतालको आईशोलेसनमा स्वास्थ्यकर्मीको निरीक्षणमा छन् ।
Related News
सम्बन्धित समाचार
मानवअधिकार एलायन्समा पन्थी
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
लाइसेन्स ट्रायलमा अब सुजुकीको अल्टो के१० र हिरो होण्डा पनि, सनराइजले दियो सुविधा
देवघाटमा मकर काव्य यामिनी
माछापुच्छ्रे क्याम्पस पुनःजीवनको प्रयास
hero news full width
मुख्य समाचार
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
माघ २, २०८१पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
माघ २, २०८१२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
माघ १, २०८१पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१