सुचारु हुँदै ला लिगा

आदर्श समाज सम्वाददाता
वैशाख २८, २०७७
messi-ramos

पोखरा । कोरोना भाइररको कारण रोकिएको स्पेनिस् ला लिगा सुचारु हुने मिति तय भएको छ । खेलबारे औपचारिक मिति घोषणा नगरेपनि सम्भावित मिति भने तय भएको छ ।

आगामी जुन २० तारिखबाट ला लिगा पुनः सुरु हुने स्पेनिस् सञ्चारमाध्यमहरुले जनाएका छन् । जारी सिजनको खेलहरु जुलाई २६ सम्म सक्ने ला लिगाको योजना रहेको बताइएको छ । लिग मा अब ११ खेल बाँकी छ ।

ला लिगाका विभिन्न क्लबहरुले शुक्रवारबाट व्यक्तिगत प्रशिक्षण थालेका छन् । सरकारले केही समय व्यक्तिगत प्रशिक्षण गरेपछि पूर्ण प्रशिक्षणको अनुमति दिने जनाएको छ । प्रशिक्षणमा फर्किनु अघि क्लबले खेडालीहरुको कोरोना परीक्षण गरेका थिए ।

स्पेनिस घरेलु लिगमा २७ औं खेल हुँदा बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडलाई २ अंकले पछि पारेर शीर्ष स्थानमा छ । कोरोनाको कारण सिजन स्थगन गर्ने वा ११ खेल बाँकी रहेको अवस्थामा हालसम्मको नतिजाका आधारमा विजेता तय गर्ने भन्ने विषयमा विभिन्न टिप्पणीहरु हुँदै आएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width