दिल्लीमा वैवाहिक समारोहमा ५० र मृत्यपछि अन्तिम संस्कारका लागि २० जना मात्र सहभागी हुन दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आइतबार दिल्लीवासीलाई आग्रह गरेका छन्।
“कोरोना भाइरसका कारण भएको बन्दाबन्दीका समय अवउप्रान्त हुने वैवाहिक समारोहमा ५० र अन्तिम संस्कारका लागि २० व्यक्तिभन्दा बढी सहभागी हुन निषेध गरिएको छ,” मुख्यमन्त्री केजरीवालले भिडियो सम्मेलनमार्फत बताए । “सङ्क्रमण रोक्न केन्द्र सरकारले मार्च २४ मा गरेको बन्दाबन्दीको निर्णय निकै महत्वपूर्ण थियो । यदि हामीले लकडाउनको पालना गर्दैनथ्यौँ भने भारतभर महामारीले डरलाग्दो रूप लिन्थ्यो ।” उनले भने, “त्यसवेला राष्ट्र कोभिड–१९ को सामना गर्न तयारी अवस्थामा थिएन । हामीलाई सामाजिक दूरी राख्ने र सङ्क्रमण नियन्त्रण गर्ने उपायबारे अनभिज्ञ थियौँ । हामीसँग व्यक्तिगत सुरक्षा सामग्री वा परीक्षण सामग्री पनि थिएनन् ।” अर्थतन्त्रमा समस्या आएपनि सङ्क्रमणलाई नियन्त्रणमा राख्नका लागि भारतका लागि बन्दाबन्दी उत्तम उपाय देखिएको छ । उनल भने, “देशको राजस्व सङ्कलन तीन हजार पाँचसय करोडबाट ३०० करोडमा झरेको छ । सरकारले कसरी काम गर्ला चिन्ताको विषय छ ।”
उनले सार्वजनिक स्थलहरूमा थुक्ने व्यक्तिविरूद्ध पनि सरकारले कडा कारबाही गर्नेछ, उहाँले थप्नुभयो ।
स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार दिल्लीमा चार हजार १२२ जनामा कोरोनाभाइरस सङ्क्रमण रहेको छ भने एक हजार २५६ जना निको भएका वा दिल्लीबाट अन्यत्र गएका छन् । दिल्लीमा आइतबारसम्ममा ६४ सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै भारतभर आइतबारमात्र थप ५६४ जनामा सङ्क्रमण पुष्टि भएको छ भने कूल ४० हजार २६३ जना सङ्क्रमित छन् । सङ्क्रमितमध्ये एक हजार ३२३ जनाको मृत्यु भइसकेको छ भने १० हजार ८८६ जना निको भई घर फर्किएका छन् ।
Related News
सम्बन्धित समाचार
एक्सपर्ट एडु कन्क्लेभ तयारी
सन् २०२२ मा घाटामा रहेका श्रीलंकका ५२ सरकारी लगानीका व्यवसाय नाफामा
बाइडेन र ट्रम्प दुवै मिचिगनबाट निर्वाचित हुने करिब पक्का
सहयोगदातालाई कास्की आदर्श समाज कतारको सम्मान
पोखराका सुवेदी दिदीबहिनीको बेलायतमा मृत्यु
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१