काँग्रेसद्वारा संसद् बैठक बोलाउन माग   

रासस
वैशाख १७, २०७७
RoS_Ktm20200429IMG_00993230f

नेपाली काँग्रेस केन्द्रिय कार्यालय ललितपुरको सानेपामा बुधबार सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेकाे पार्टी केन्द्रिय समितिको बैठक। तस्वीरः रोशन सापकोटा, रासस

काठमाडौँ, १७ वैशाख ।  प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस जोखिमको कारण उत्पन्न परिस्थिति, बजेट र अन्य विषयबारे तत्काल छलफल गर्नका लागि संघीय संसद्को बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले राहतमा तीव्रता दिन र अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको प्रतिकूल प्रभावलाई ध्यानमा राखी तत्काल आवश्यक कार्ययोजना ल्याउन माग गरेको छ । कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, सांसद विकास कोषको नीति खारेज गरेर कोरोनाविरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ ।

पिसिआर प्रविधिमार्फत परीक्षणलाई ७७ जिल्लामै व्यापक तीव्रता दिंँदै संक्रमणको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत सबैलाई आवश्यक पर्ने स्वास्थ्य सुरक्षा सामग्रीको यथेष्ट व्यवस्था तत्काल मिलाउन पनि बैठकले माग गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । पार्टीले देशभरिका क्वारेन्टाइनलाई उचित मापदण्डनुरुपको व्यवस्थापन तत्काल गर्न/गराउन तीनै तहको सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

अन्य रोगका बिरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न र औषधि उत्पादन तथा आयातमा समयमै सचेत रहनुपर्ने सुझाव बैठकले सरकारलाई दिएको छ । राजधानीलगायत विभिन्न शहरी क्षेत्रमा अलपत्र नागरिकलाई तत्काल समुचित व्यवस्थापन गर्न गराउन बैठकले सरकारसमक्ष माग गरेको छ । साथै विश्वका विभिन्न देशमा अप्ठ्यारामा परेका नेपाली नागरिकलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन पनि बैठकले सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।

संघीय सांसद डा. सुरेन्द्र यादव र स्वास्थ्य सामग्री खरीदसम्बन्धी विषयमा तत्काल कानूनी कारवाही अगाडि बढाउन माग गर्ने निर्णय पार्टीले गरेको छ ।

बैठकले पिपिइलगायत अत्यावश्यक स्वास्थ सामग्रीको कमीका बीच उच्च मानवीय भावनाका साथ अग्रपङ्क्तिमा रहेर कार्य गरेका स्वास्थ्य, सुरक्षा, सरसफाइ एवं सञ्चारकर्मीप्रति सम्मान प्रकट गरेको छ । राहत सहयोग पुर्याउन पार्टीका केन्द्रदेखि स्थानीय तहसम्मका निकाय, भ्रातृ एवं शुभेच्छुक संस्था तथा कांग्रेसका तर्फबाट स्थानीय तथा विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिको क्रियाशीलता आगामी दिनमा पनि निरन्तर राख्न सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका संगठनिक संरचना तथा विगतमा अन्य राजनीतिक दलको केन्द्रीय नेतृत्वमा रहेका र त्यस्तो राजनीतिक दल परित्याग गरी काँग्रेसमा प्रवेश गरेका केन्द्रीय तहका तथा मातहत निकायका पदाधिकारी, सदस्य तथा क्रियाशील सदस्यको समायोजन सम्बन्धमा गठित समितिको सिफारिसअनुसार गरिएको मनोनयनलाई अनुमोदन गर्ने निर्णय पनि गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’

    रासस माघ ११, २०८१
    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यम उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको ‘ब्रेक थ्रू’ भएको छ । ‘ब्रेक थ्रू’…
  • राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा बिहीबारदेखि ३३ औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव…
  • जनप्रियको वार्षिकोत्सवमा सम्मान

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । जनप्रिय माध्यमिक विद्यालय पोखरा–८, सिमलचौरको ५६ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह बिहीबार सम्पन्न भयो । कार्यक्रम…
  • खेलकुद पत्रकार मञ्च गण्डकीमा एमबि आस्था निर्वाचित

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा, १० माघ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको छैटौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट अध्यक्षमा एम बि आस्था निर्वाचित भएका…
  • पुम्दीकोटमा धार्मिक महोत्सवको तयारी

    आदर्श समाज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पुम्दीकोट कोट विकास समितिको आयोजनामा आगामी ९ देखि १५ फागुनसम्म पोखरा–२२, पुम्दीकोटमा शिव महापुराण ज्ञानमहायज्ञ एवं पुम्दीकोट धार्मिक…

hero news full width