तीन दशकदेखि ऊर्जा क्षेत्रमा कार्यरत म्याग्दीको बेनीका युवा दुर्गाबहादुर श्रेष्ठले लकडाउनको समयलाई सदुपयोग गरी हावाबाट बिजुली निकाल्नुभएको छ ।
तीन दिनको अथक मेहेनतपछि जिल्ला सदरमुकाम बेनीको बैंकरोडका १० वटा बल्ब बाल्न मिल्ने विद्युत् उत्पादन भएको हो । श्रेष्ठ म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका सञ्चालकसमेत हुनुहुन्छ ।
उहाँले थप प्रविधिको प्रयोग गरी क्षमता बढाएर बेनीबजारको एउटा क्षेत्रलाई नै पुग्ने गरी विद्युत् निकाल्न सकिने बताउनुभयो । पर्यटकीयस्थल लभ्लीहिलमा जडान गर्ने सोच भएको उहाँको भनाइ छ । हावा धेरै चल्ने स्थानमा उपयुक्त हुने भएकाले लभ्लीहिलमा लगेर जडान गर्ने उहाँको भनाइ छ ।
चार वर्षअघि आफ्नै सीप र प्रविधिको उपयोग गरी कालीगण्डकी नदीबाट टर्वाइनमार्फत २०० किलोवाट विद्युत् उत्पादन गरी बेनी बजारमा प्रयोग गराएका श्रेष्ठले हावाबाट बिजुली निकाल्न आफू सफल भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्न प्रोत्साहन गर्दै आउनुभएको छ ।
उहाँले बेनीमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन विभिन्न सङ्घसंस्थाले बनाउन लागेको स्यानिटाइजर टनेल निर्माणमा पनि सहयोग गर्नुभएको छ । साँझको समयमा लभ्लीहिलमा हावाबाट निकालेको बिजुलीले झिलीमिली पार्ने उहाँको सोचाइ छ । यसका साथै लभ्लीहिलमा मोबाइल चार्ज स्टेशन बनाउने उहाँको भनाइ छ ।
तीन दिन लागेर उक्त प्रविधिको विकास गरेको उहाँको भनाइ छ । करिब तीन दशकदेखि ऊर्जाको क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले म्याग्दीका विभिन्न लघुजलविद्युत्सहित जिल्ला बाहिरका परियोजनामा समेत आफ्नो सीपको प्रयोग गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन
शिशुवा सिसाघाट सडक शिलान्यास
hero news full width
मुख्य समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१