गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्र दिवस २०७७ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीवहिनी तथा दाजुभाईहरुमा शुभकामना व्यक्त गरेका छन् ।
“राष्ट्रिय स्वाधिनता तथा लोकतन्त्र प्राप्तिका निम्ति सञ्चालित विभिन्न शान्तिपुर्ण जन–आन्दोलन, सशस्त्र संघर्ष लगायत न्याय, समानता एवं स्वतन्त्रताको निमित्त भएका विभिन्न आन्दोलनमा योगदान पुर्याउने सम्पूर्ण अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दै आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने आदरणीय शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।” उनको शुभकामना सन्देशमा उल्लेख छ ।
२०६२/०६३ को ऐतिहासिक जनआन्दोलनले सफलता प्राप्त गरेको दिन वैशाख ११ लाई लोकतन्त्र दिवसका रुपमा स्मरण गरिन्छ । २०६२/०६३ को ऐतिहासिक जन–आन्दोलनले २००७ साल यताका सम्पूर्ण संघर्षहरुवाट प्राप्त उपलव्धीहरुको जगमा उँभिएर निरङ्कुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न निर्णायक भूमिका खेलेको थियो ।
उनले सवै राजनीतिक दल, नागरिक समाज लगायत सम्पूर्ण नेपाली एकजुट भएर लाग्न आजको दिनले हामी सवैलाई प्रेरित गर्न सक्नेछ भन्ने विश्वास व्यक्त गरेका छन् ।
शुभकामना सन्देश मार्फत उनले भनेका छन् – ‘विश्व मानव जातिकै अस्तित्वका लागि चुनौती वनेर आएको साझा सत्रु कोरोना भाइरस रोग (कोभिड–१९)का विरुद्धमा लडिरहेका छौँ । यस रोगका विरुद्धमा एकतावद्ध भई जुध्न एवं सम्पूर्ण क्षमताका साथ उच्च सतर्कता र तयारीमा जुट्न यस दिनले हामी सवैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।’
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
hero news full width
मुख्य समाचार
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१