नुवाकोट ककनीका प्रवीण तामाङसहित चार युवा आज बिहान पोखरा महानगरपालिका—३३ बाघमारास्थित सुनसान सडकमा हिडिरहेका थिए ।
गुल्मीदेखि हिँडेका ती युवाको अन्तिम गन्तव्य भने नुवाकोट जिल्लाको ककनी हो । गुल्मीमा घर बनाउने काम गर्दै आएका उनीहरू बन्दाबन्दीका कारण मजदूरी रोकिएपछि समस्यामा परेका हुन् । बन्दाबन्दी शुरु भएपछि पनि केही दिन त उनीहरूलाई खुल्छ की भन्ने आसा थियो । बन्दाबन्दी खुल्ने छाटकाट नदेखिएपछि अन्ततः हिडेरै भएपनि घरसम्म पुग्ने टुङ्गोमा पुगेको उनीहरूले बताउनुभयो ।
“शनिबार विहान ८.०० बजे गुल्मीबाट हिडेका हौं, अब तीन दिनसम्ममा ककनी पुग्छौं की भन्ने लागेको छ,” प्रविण तामाङले भन्नुभयो, “खुट्टा दुःखे पनि सहेर हिडेका त छौं, ठाउँ ठाउँमा सुरक्षाकर्मीले रोक्ने भएकाले डराउँदै हिड्नु परेको छ ।”
गुल्मीबाट हिड्दा आफूहरू १२ जनाको समूहमा रहेको अर्का सहभागी कृष्ण तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो दिन पर्वतको कार्कीनेटा आइपुगेका उनीहरू त्यहीँको जङ्गलमा रात कटाएका थिए । “महामारीको बेला गाउँमा जाँदा पनि त्यहाँका स्थानीयवासीले के भन्छन्, के ठान्छन्, होला जस्तो लाग्यो, त्यसैले जङ्गलमा नै रात कटायौं,” उहाँले भन्नुभयो, “पानी परेको भए समस्या हुन्थ्यो, धन्न परेन ।”
आइतबार बिहानै हिड्ने क्रममा पर्वतको कार्कीनेटामा सुरक्षाकर्मीले रोकेपछि भने आफूहरू थप समस्यामा परेको उहाँले सुनाउनुभयो । जेनतेन त्यहाँबाट फुत्किएर वैकल्पिक बाटो हुँदै अघि बढे पनि १२ जनाको समूहमा हिड्दा अझै समस्या पर्ने देखेर आफूहरू छुट्टाछुट्टै समूह बनाएर हिडेको उहाँले बताउनुभयो । समूहमा सहभागी सबै जना नुवाकोटका भएको बताउँदै उहाँले आज कास्की र तनहूँ जिल्लाको सीमाना कोत्रे आसपासमा भेट्ने योजना रहेको जानकारी दिनुभयो ।
आइतबार दिनभर वैकल्पिक बाटो हिड्दै उहाँहरूको समूह स्याङ्जाको फेदीखोलास्थित जिरो किमी आइपुग्यो । त्यहाँ भने उहाँहरूलाई ढुङ्गा खोज्दा देवता मिले जस्तै भयो, स्थानीयवासी एवम् निर्माण व्यवसायी रमेशकुमार शर्माले दाल चामल लगायतको खाद्यान्न जुटाइदिएर खाने तथा सुत्ने सबै व्यवस्था गरिदिनुभयो ।
सोमबार बिहानै हिडेका उहाँहरू बेलुका पोखरा महानगरपालिका वडा नं ३३ स्थित बागमारा आइपुग्नुभयो । हिँड्दा हिँड्दै थाकेको शरीर, छिप्पिइसकेको रातमा पानी परिरहेका बेला कहाँ ओत लागौं भन्ने चिन्ता रहेका अवस्थामा उहाँहरूलाई बागमारा युवा सङ्गम समूह, पानी ट्याङ्की बरेली चोक टोल विकास संस्थामा आवद्ध युवाहरूले बस्ने व्यवस्था गरिदिए पछि भने निकै राहतको अनुभव भएको अर्का युवा युकेस तामाङले बताउनुभयो । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिने कुरामा आफूहरू सचेत बनेको बताउँदै उहाँले हिड्ने क्रममा अनिवार्य माक्स लगाउनुका साथै सामाजिक दूरी कायम गरी हिडेको बताउनुभयो ।
हिड्दा कतै राम्रो त कतै नराम्रो सबै किसिमका व्यवहार देख्दै र भोग्दै अघि बढेको उहाँको अनुभव छ । आफूहरू अझै न्यूनतम तीन दिन हिड्नुपर्ने बाध्यतामा रहेको बताउँदै उहाँले भन्नुभयो, “हिड्नुपर्ने धेरै छ, ठाउँठाउँमा विभिन्न अवरोध पनि छन्, के गर्नु यसरी हिड्नु हाम्रो रहर हैन बाध्यता हो ।”
(वासुदेव पौडेल, रासस)
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१