अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा

रासस
वैशाख ८, २०७७
Dhaulagiri ICU2

फाेटाेः शालिक राम शर्माकाे फेसबुक पेजबाट

गलकोट, ७ वैशाख । धवलागिरि अञ्चल अस्पताल बागलुङमा पहिलो पटक सघन उपचार कक्ष निर्माण गरिएको छ । तीन शय्या क्षमताको आइसियुले एक हप्ताभित्रै सेवा दिन थाल्नेछ ।

साविक धवलागिरि अञ्चलका बागलुङ, म्याग्दी, मुस्ताङ र पर्वत जिल्लाका जनतालाई लक्ष्य गरी अस्पताल बागलुङमा आइसियु सेवा दिइनेछ । धौलागिरिमा आइसियु सेवासहितको सुविधासम्पन्न अस्पताल नहुँदा धौलागिरिवासी आइसियु सेवाकै लागि पोखरालगायत शहरमा जाँदै आएका थिए।

फाेटाेः शालिक राम शर्माकाे फेसबुक पेजबाट

अस्पताल स्थापना भएको ६० वर्षपछि आइसियु सेवा शुभारम्भ हुन थालेको छ । संघीय सरकारको रु एक करोड र गण्डकी प्रदेश सरकारको रु ५० लाखको लागतमा अस्पतालमा आइसियु निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिनुभयो । “हाम्रो व्यवस्थापन समिति आएपछि अनवरत रुपमा आइसियुका लागि पहल गरिरहेका थियौँ ”, मगरले भन्नुभयो, “६० वर्षको इतिहास बोकेको अस्पतालले हालै आएर आइसियु सेवा दिने भएको छ ।” अस्पतालमा अहिले धमाधम आइसियुका उपकरण जडान भइरहेको छ । आइसियु सेवा प्रदान गर्नका लागि दक्ष जनशक्ति नभएको भन्दै अस्पतालले तीन स्वास्थ्यकर्मीलाई तालीमका लागि पोखरासमेत पठाएको छ भने आइसियुका लागि दरबन्दीसमेत प्रदेश कार्यालयसँग मागेको छ ।

निरन्तरको प्रयासपछि अञ्चल अस्पतालमा आइसियुका लागि बजेट विनियोजन गरेर सेवा प्रदान गर्न थालिएको संघीय सांसद डा सूर्य पाठकले बताउनुभयो । आइसियु निर्माणका लागि आवश्यक सामग्री बोलपत्रमार्फत खरीद गरिएको थियो । सामग्री उपलब्ध गराउन तयार भएका कम्पनीले बिहीबार नै सबै सामग्री उपलब्ध गराएकाले जडानको कामसमेत अन्तिम चरणमा रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको समेत उपचार गराउँदै आइरहेको अस्पतालमा हालै संघीय सरकारले दुई र प्रदेश सरकारले एक भेन्टिलेटरसमेत उपलब्ध गराइसकेका छन् । अस्पतालमा दुई जना कोरोना संक्रमितको उपचार भइरहँदा एउटा भेन्टिलेटरसमेत उपलब्ध थिएन।

Related News

सम्बन्धित समाचार

  • गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले विश्वासको मत दिने संकेत गरेको छ । अधिकारीको नियुक्तिविरुद्ध परेको रिट…
  • रेडक्रसलाई लुम्बिनी विकासको सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । लुम्बिनी विकास बैंक लि.ले रेडक्रस सोसाइटी कास्कीलाई प्रादेशिक रक्तसञ्चार सेवा पोखराको प्रयोगशाला व्यवस्थापनका लागि आवश्यक पर्ने ‘डिजिटल हट…
  • विश्व हिन्दु महासंघ गण्डकीमा मुक्तिराम

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । विश्व हिन्दु महासंघ गण्डकीको दोस्रो अधिवेशनले कास्कीका मुक्तिराम अधिकारीको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । समितिको कार्यकाल ३…
  • डुंगा पल्टिएपछि तत्कालै उद्धार

    विजय नेपाल वैशाख १८, २०८१
    पोखरा । सोमबार बिहान वाराही मन्दिर दर्शन गर्न जानेक्रममा हावाहुरीले फेवातालमा डुंगा पल्टिएको सूचना रेस्क्यु टावरमा आयो । सशस्त्र प्रहरीको…
  • अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीको नियुक्तिका बारेमा परेको रिट सर्वोच्च अदालतले सोमबार खारेज गरिदिएको छ । मुख्यमन्त्रीमा…

hero news full width