हेमजामा आलु महोत्सव

सम्पादक
चैत्र १६, २०७०

१. कास्की जिल्लाको हेमजा गाउँमा आलु महोत्सव सुरु भएको छ। हेमजामा आयोजित आलु महोत्सवको क्रममा यो पाँचौं हो। पाँच वर्षदेखि निरन्तर महोत्सवको आयोजना गरेर हेमजाले आफूलाई आलु र कृषि गाउँको रूपमा चिनारी गराउन सफल भएको छ। आलु महोत्सव हेमजाको विशेषता भएको छ र अहिले अरुले पनि त्यसको सिको गर्न थालेका छन्।

२. ‘सुन्दर गाउँ हेमजा जाउँ’ आलुका स्वादिष्ट परिकार खाऔँ, आलु एकः परिकार अनेक’ भन्ने मूल नाराका साथ महोत्सव सुरु भएको छ। महोत्सव अहिले वरपर सबैका लागि एक आकर्षक र उदाहरण भएको छ।

३. महोत्सवको मूल नारालाई परिलक्षित गर्न महोत्सवमा आलुका परिकारका १५ वटा स्टल राखिएका छन्। त्यस्तै आलु बिक्री वितरण गर्ने ५० वटा व्यवसायिक स्टल २५ वटा, कृषि प्रवृधि प्रदर्शनी, एउटा प्राथमिक उपचार केन्द्र र एउटा सूचना केन्द्र राखिएका छन्।

४. उद्योग मन्त्री कर्णयहादुर थापाले उद्घाटन गरेको प्रदर्शनीमा आलुका अतिरिक्त ताजा तरकारीहरूको वृहत् प्रदर्शनी पनि गरिएको छ। प्रदर्शनीमा राखिएको आलुको ठूलो पहाड, बाल उद्यान, साँस्कृतिक कार्यक्रम स्थानीय र राष्ट्रिय स्तरका कलाकारको गायन र हाँस्य कलाकारको बेजोड प्रस्तुतिले महोत्सवलाई अरु आकर्षक पारेको छ।

५. आलु हेमजाको विशेष पहिचान भएको छ। तर त्यो गाउँमा आलु मात्र उत्पादन हुने होइन, अन्य साग सब्जी र तरकारीमा पनि त्यसले धेरै प्रगति गरेको छ। च्याउ खेतीमा पनि त्यसले निकै उन्नति गरेको छ। पोखरा र वरपरको बजारमा हेमजाको उत्पादन भनेपछि त्यसले ग्राहकलाई त्यसै आकर्षक गर्ने गरेको छ।

६. निर्वाहमुखी कृषि उत्पादनलाई हेमजाले व्यवसायीमुखी बनायो। व्यवसायीमुखी उत्पादन हुनासाथ कृषकको गोजीमा बढी पैसा पर्‍यो। उनीहरूमा उत्साह बढ्यो। गरे हुन्छ भन्ने भावना बढ्यो। त्यसमा पनि यो प्रदर्शनी आदिको व्यवस्थाले सिङ्गो हेमजाको नाम उच्च भएको छ। चारैतिर फैलिएको छ।

७. हेमजालाई कृषि पर्यटनको रूपमा चिनाउने त्यहाँका अग्रजहरूको लक्ष्य रहेको छ।यस्तो महोत्सवको व्यवस्थाले त्यो लक्ष्य पूर्ति गर्न सघाउ पुर्‍याउने छ। यसरी व्यवस्थित र व्यवसायिकतातिर लम्केको गाउँको लागि कोल्ड स्टोर्स सबभन्दा आवश्यक कुरा हो। त्यसको छिटो व्यवस्था हुनुपर्दछ। गाउँका अगुवाहरू र सम्बन्धित निकायले छिटो यसमा ध्यान केन्द्रित गर्नुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width