भारतीय मिचाहापनको नमुना

सम्पादक
असाेज ४, २०७०

१. भारतले धेरैपटक मिचाहापनको प्रदर्शन गरेको छ। नेपालले समयमै त्यसको जवाफ नदिएपछि त्यसले आफ्नो मिचाहापनको बराबर पुनरावृत्ति गर्ने गरेको छ। अहिले हालै भारतीय प्रहरीहरू बर्दीका साथ हतियार लिएर नेपालमा पसी बर्दीया जिल्लाको गुलरीया-८ को एक घरमा खानतलासी लिएको समाचार आएको छ।

२. भारतीय प्रहरीहरू नेपाल प्रहरीलाई पत्तै नदिई बर्दी र हतियारसहित आएर गुलरिया-८ मञ्जुरप्रसाद श्रेष्ठको घरमा अपराधी लुकेको छ भन्दै खानतलासी गरेका थिए। घर परिवारहरू सुतिरहेको बेलामा बिहान सबेरै आएर एक्कासी ढोका खोल्न लगाएका थिए। तिनीहरू एक घण्टासम्म तलासी लिएको बुझिएको छ।

३.     पछि नेपाल प्रहरीले थाहा पाएपछि तिनीहरूलाई स्कर्टिङ गरी भारत पठाएको थियो। तिनीहरूको त्यस्तो मिचाहापनको गुलरियावासीले निन्दा गरेका छन्। तर हाम्रा सरकारी अधिकारीहरू त्यसबारे केही नभनी  चुपचाप बसेका छन्। त्यसरी चुपचाप बसेकै कारण तिनीहरूको मिचाहापन बढ्दै आएको हो।

४. केही दिन पहिले मात्र पनि भारतीय अपराधीहरूका सम्बन्धमा त्यस्तै भएको थियो। भारतीय सञ्चारमाध्यमहरूले त्यहाँका दुर्इ जना अपराधीलाई नेपालको सिमानामा पक्रेको कुरा सार्वजनिक गरे। तर नेपाली अधिकारीहरू त्यो घटनाका बारे आफूलाई थाहा नभएझैं गरी मौन बसे।

५. बर्दीवालाहरू हतियारसहित त्यसरी आउनु खुल्ला हस्तक्षेप हो। त्यस्तो हस्तक्षेप कुनै पनि सार्वभौमसत्ता सम्पन्न राष्ट्रमाथि गर्न पाउँदैन। नेपाली प्रहरीहरू त्यसरी भारत पसे भने त्यो भारतीय प्रहरीलाई कदापि सह्य हुनेछैन। उनीहरूलाई सह्य नहुने कुरा उनीहरूले नेपालमाथि किन गर्दैछन्, त्यो बुझ्न नसकिने भएको छ।

६.     तिनीहरूले एक त नेपाल सानो राष्ट्र भएकोले हेपेको हुन सक्छ भने अको नेपालको राजनीतिक अस्थिरता र सङ्क्रमण अवस्थाबाट फाइदा उठाउन खोजेको हुनुपर्दछ। त्यसको अतिरिक्त नेपालका नेताहरू र कार्यकर्ताहरू स्वार्थी र निरीह भएकाले पनि तिनीहरूको हेपाहा प्रवृत्ति बढेको हुनुपर्दछ।

७. एक सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रभित्र त्यसरी बर्दी र हतियारसहित प्रवेश गर्नु कदापि उचित होइन। यस्तामा हाम्रा अधिकारीहरूले जे छ त्यो पारदर्शी किसिमले जनसमक्ष राख्नुपर्दछ। लुकाउनु छिपाउनु आफै कमजोर बन्नु हो। यस्तो काम कसैले गर्नुहुँदैन। इतिहासले सराप्ने छ। यस्तोमा नेताहरू विशेष सजग र सर्तर्क हुनुपर्दछ। जनताले को कस्तो छ, त्यसको मूल्याड्ढन गरिरहेका छन्। अन्तमा हामी त्यसरी अनाधिकार नेपाल सीमाभित्र प्रवेश नगर्न भारतलाई फेरि जोडदार शब्दमा भन्न चाहन्छौं।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width