वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले बिहीबार कोभिड–१९ का कारण सिर्जना भएको आर्थिक प्रभावलाई सम्बोधन गर्न पाकिस्तानलाई १ अर्ब ३० करोड अमेरिकी डलर बराबरको आपतकालीन सहायतालाई अनुमोदन गरेको छ ।
कोषद्वारा जारी विज्ञप्तिमा कोरोनाभाइरसको महामारीको प्रकोपका कारण सिर्जित भुक्तानी सन्तुलनको समस्या हटाउन कोषको कार्यकारी बोर्डले पाकिस्तानलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको उल्लेख छ । कोरोनाभाइरस महामारीका कारण पाकिस्तानको अर्थतन्त्र चालू आर्थिक वर्षमा १.५ प्रतिशतले संकुचित हुन सक्ने अनुमान गरिएको छ ।
कोषको विज्ञप्तिमा भनिएको छ, “कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा ठूलै असर सिर्जना गर्दैछ । विश्वव्यापी मन्दीको साथसाथै पाकिस्तान सरकारले अवलम्बन गरेका रोकथामका उपायहरूले अर्थतन्त्रको वृद्धिमा गम्भीर दूस्परिणाम निम्त्याएको र बाह्य भुक्तानी सन्तुलनमा तनावको वातावरण सिर्जना गरेको छ । यसले भुक्तानीको सन्तुलनका लागि तत्काल आर्थिक सहायता जरुरी भएको देखिएको छ ।”
कोविड–१९ महामारी आउनुअघि नै पाकिस्तान सरकारले कोषसँग भुक्तानी सन्तुलनमा सिर्जित समस्या सुल्झाउन ठूलो आर्थिक सहायताको माग गरिरहेको थियो । पाकिस्तानमा आर्थिक सुधारका कार्यहरुको कोषद्वारा विज्ञ सम्मिलित स्थलगत अध्ययन गरिए पनि कोषद्वारा अघि सारिएका कतिपय शर्तहरुमा पाकिस्तान सरकार सहमत हुन सकेको थिएन ।
अध्ययनहरुले कोविड–१९ को महामारीले पाकिस्तानी अर्थव्यवस्थामा गम्भीर असर पार्न लागेको देखाएका छन् । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ७ हजारभन्दा बढी भइसकेको छ भने १३४ जनाको ज्यान गएको छ ।
पाकिस्तान सरकारले १२ खर्ब पाकिस्तानी रुपैयाँको एक राहत प्याकेज मार्च २४ मा घोषणा गरेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१