अत्यावश्यक समाग्रीहरु घर घरमै

आदर्श समाज सम्वाददाता
वैशाख ३, २०७७
dhankuta

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघकाे समन्वयमा धनकुटा बजारमा ताजा तरकारी, ग्यास र दुध लगायत अत्यावश्यक समाग्रीहरु घर घरमानै सुपथ मुल्यमा विक्रि वितरण गरिएको छ।

लकडाउनको समयमा उपभोक्ताहरुलाई सेवा पुर्‍याउने उदेश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा धनकुटा बजार क्षेत्रमा उपभोक्ताहरुको घर घरमानै ताजा हरियो तकारीहरु,ग्यास,दुध लगायतका अत्यावाश्यक वस्तुहरु पुर्‍याई शुपथ मुल्यमा विक्रिवितरण गरेको हो।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु रेजिना पलिख अम्विका देवी धमला, नगेन्द्र काफ्ले, उज्वल कर्माचार्य, धनकुटा उद्योग बाणिज्य संघका कार्यलय प्रमुख सिचन प्रधान लगायतले धनकुटामा उद्योग बाणिज्य संघको समन्वयमा भैरहेको सुपथ मुल्यमा हरियो ताजा तरकारी विक्रि वितरण कार्यको प्रत्यक्ष रुपमा सहभागी भएर अनुगमन तथा सहजीकरण गर्नु भएको थियो ।

केही गरिव असाहयहरुलाई निशुल्क ताजा तरकारी समेत वितरण गरिएको धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य नगेन्द्र काफ्ले वताउनु भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width