सासंद श्रेष्ठद्धारा स्वास्थ्य समाग्री वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७६
91388984_990191688044711_4646455114423336960_n

तनहुँ, २१ चैत । प्रतिनिधीसभाका सदस्य एवं तनहँ क्षेत्र नं १ का सांसद कृष्णकुमार श्रेष्ठ ‘किसान’ ले कोरोना प्रभावित अवस्थालाई मध्यनजर गरेर आफनो गृह जिल्ला तनहुँको स्थानीय तह लगायत सम्वन्धित निकायलाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।

देश नै लडाउन भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरु स्वास्थ्य समाग्रीको अभावमा जनतामा पर्न जाने असरलार्ई मध्यनजर गरेर जनताप्रतिको आफनो उत्तरदायित्व अन्र्तगत स्वास्थ समाग्री वितरण गरेकोे बताए । सांसद श्रेष्ठले देवघाट, बन्दीपुर र आँवुखैरेनि गाउँपालिकामा १५/१५ सय थान मेडिकल मास्क र ५/५ थान पीपीई, त्यसैगरी भानु नगरपालिकामा २ हजार थान मेडिकल मास्क र १० थान पीपीई र व्यास नगरपालिकामा २ हजार मेडिकल मास्क र १३ थान पीपीई वितरण गरे ।

यसैगरी उनले ईलाका प्रहरी कार्यलय आवुखैरेनीलाई दुईसय पचास थान मास्क, ईलाका प्रहरी कार्यलय डुम्रेलाई २५० थान मास्क, एक थान पीपीई र २ लिटर सेनिटाईजर, मनकामना सशस्त्र प्रहरीगण भानुलाई ५ थान मास्क र ४ लिटर सेनिटाईजर वितरण गरेका थिए । यसैगरी सांसद श्रेष्ले दमौली अस्पताललाई १ हजार थान मास्क र १० थान पीपीई, जिल्ला प्रहरी कार्यलय तनहुँलाई सात सय पचास थान मास्क र २ लिटर सेनिटाईजर, जिल्ला ट्राफिक प्रहरी कार्यलय लाई २५० थान मास्क, जिल्ला प्रशासन कार्यलयलाई २५० थान मास्क, जिल्ला कारागारलाई २५० थान मास्क र १ लिटर सेनिटाईटर, नेपाल पत्रकार महासंघ तनहुँ शाखालाई २५० थान मास्क र थप १५ थान एन–९५ मास्क उपलव्ध गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै