रसुवा, १९ चैत । कोभिड –१९ नियन्त्रण र रोकथाममा सहयोग पु¥याउन चीनले छिमेकी जिल्ला रसुवालाई स्वास्थ्यका सामान उपलब्ध गराएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार चीनको जिलोङ प्रान्तले रोग नियन्त्रणमा प्रयोग हुने १५ प्रकारका सामग्री जिल्लालाई प्रदान गरेको हो ।
ती सामग्रीमा पिपिई एक सय, डिस्पोजेवल गाउन एक सय, आई प्रोटेक्सन गगल्स एक सय, डिस्पोजेवल हेड कभर दुई सय, एन ९८ मास्क चार सय, डिस्पोजेवल मास्क एक हजार, स्यानिटाइजर ८०, इन्फारेट थर्माेमिटर चौध, सर्जिकल ग्लोव (पञ्जा) आठ सय, स्किन अल्कोहल स्प्रे पचास वटा छन् । यस्तै डिसइन्फेक्एयन्ट लिक्विड ५०० मिलिलिटरको साठी, दुई दशमलव पाँच लिको दश बोतल र २५ केजीको दुई व्याग, स्प्रे चार बोतल एवं ७५ प्रतिशत मेडिएल अल्कोहल ५०० मिलिलिटरको पाँच बोतल रहेको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भटृराईले जानकारी दिइन् ।
चिकित्सा सामग्री नेपालको उत्तरी नाका रसुवागढीको मितेरीपुलबाट चीनको स्वशासित क्षेत्र तिब्बत, जिलोङ काउण्टी (केरूङ क्षेत्र हेर्ने प्रशासन) ले प्रजिअ भण्डारीलाई हस्तान्तरण गरेको बताइएको छ । जिल्लालाई प्राप्त ती सामग्री रसुवामा निर्मित क्वारेन्टाइन र आइसोलेशन कक्षमा राखिएको छ । यसै गरी कोरोना भाइरस नियन्त्रणमा सहयोग पु¥याउन रसुवाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सदस्य मोहन आचार्यले पनि व्यक्तिगत रूपले जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री सहयोग गर्नु भएको छ । सांसद आचार्यबाट प्राप्त सामग्रीमा पिपिई ३५ थान, डिस्पोजेवल मास्क पाँच हजार, सर्जिकल ग्लोब अर्थात् पञ्जा तीन सय पचास एवं स्यानिटाइजर १४ वटा रहेको सहायक प्रजिअ भटृराईले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
hero news full width
मुख्य समाचार
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१