अमेरिकाकाे २० खर्ब डलरको आर्थिक प्याकेज

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७६
us

अमेरिकी संसद्ले कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट आर्थिक क्षेत्रलाई सहायता प्रदान गर्न २० खर्ब डलरको सहायता कोष पारित गरेकाे छ ।

“अन्तमा हामीहरुसंग एउटा सम्झौता भएको छ” सिनेटका नेता मिच म्याकोनेलले भने, “युद्धको समयकाे जस्ताे लगानीको विशाल स्तर” लाई ५ दिनको कठिन र तनावपूर्ण वार्तापछि सहमतिमा पुगेकाेमा उनले स्वागत गरे।

“अमेरिकी इतिहासको सबभन्दा ठूलो उद्धार प्याकेजमा हामीसँग द्विपक्षीय सम्झौता छ,” शीर्ष सिनेट डेमोक्र्याट चक शुमरले भने। “महामारीले धेरै व्यक्तिलाई आफ्नो कुनै दोष बिना कामबाट टाढा राखेकाे छ। उनीहरूको भविष्य कस्तो हुन्छ भनेर उनीहरूलाई थाहा छैन” शुमरले थपे। “हामीले उनीहरूको उद्धार याे प्याकेज ल्याएका छौं।”

यो प्याकेजकाे लक्ष्य स्वास्थ्य सेवाहरु, व्यवसायहरु र साधारण अमेरिकीहरुलाई कोरोनाभाइरस महामारी को तनाव अन्तर्गतबाट मुक्त गरी अर्थव्यवस्था सुढृढ गर्नु हाे । यसले संकटमा परेका अमेरिकीहरूलाई प्रत्यक्ष पैसा दिन सक्नेछ, साना व्यवसायलाई अनुदान प्रदान गर्ने छ र सयौं अरबौं डलर एयरलाइन्स लगायतका ठूला निगमका लागि श्रृण दिने सक्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width