कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीको आर्थिक सहयोग

एजेन्सी
चैत्र १२, २०७६
Messi

कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आर्थिक सहयोग गरेका छन् ।

अर्जेन्टिनी राष्ट्रिय टिमका समेत कप्तान मेस्सीले कोरोना भाइरसबिरुद्वको अभियानमा स्पेनको बार्सिलोना क्षेत्रका लागि १ मिलियन युरो सहयोग गरेका हुन् । मेस्सीले बार्सिलोनाको क्लिनिक तथा सार्वजनीक अस्पतालका लागि सो रकम सहयोग गरेको बताएका छन् ।

हाल, स्पेनमा कोरोनाको संक्रमण दिनानुदिन बढ्दै गएको छ । कोरोना भाइरसले स्पेनमा ठूलो क्षति पु¥याएको छ । स्पेनमा कोरोनाबाट २ हजार ६ सय ९६ जनाको मृत्यु भइसकेको छ । त्यहाँ, ४० हजार मानिसलाई कोरोनाको संक्रमण देखिएको अन्तर्राष्ट्रि«य संचार माध्यमहरुले जनाएका छन् ।

यतिखेर, कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा विश्व फुटबल गतिविधि ठप्प छ । क्लबहरु खेलाडीहरुको तलब घटाउन लागिपरेका छन् । बार्सिलोनाले समेत मंगलबार मात्रै खेलाडीहरुको तलब ७० प्रतिशतले कम गर्न सहमतिको प्रयास गरेको थियो । यस्तोमा खेलाडीहरु भने कोरोनाविरुद्ध लड्न आर्थिक रुपमा सहयोग गर्न अगाडि बढिरहेको समाचार छ ।

Related News

सम्बन्धित समाचार

hero news full width