पोखरा महानगरपालिकाले कोरोना भाइरसलाई फैलिन नदिन सरकारले गरेको ‘लकडाउन’को समयमा अति आवश्यक काम बाहेक बाहिर ननिस्कन महानगरवासीमा अनुरोध गरेको छ । कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिन नेपाल सरकारले चालेको कदमलाई सफल बनाउन जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न महानगरले सबैमा अनुरोध गरेको छ ।
‘सम्पूर्ण नगरवासीहरू सुरक्षित र सचेत भई आ—आफ्नै घरमा बसेर कोरोना भाइरस नियन्त्रणको अभियानलाई सघाउन आग्रह गर्दछु,’ पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जारी गरेको अपीलमा भनिएको छ,‘लकडाउनको समयमा नगरवासीलाई समस्या परे सहयोगका लागि जनप्रतिनिधिहरूलाई सम्पर्क गर्न अनुरोध छ ।’ यो विषम परिस्थितिमा नगरवासीलाई परेको समस्यालाई हरसम्भव समाधान गर्न महानगरपालिका कटिबद्ध रहेको अपीलमा उल्लेख गरिएको छ ।
पोखरा भन्दा अन्य सहर वा विदेशबाट आएकाहरुले महानगरमा सम्पर्क गर्न समेत पोखरा महानगरपालिकाले अनुरोध गरेको छ । पोखरा महानगरपालिकाले कोरोना भाइसर विरुद्धको अभियानलाई सघाउनका लागि पोखरा बाहेकका सहर र विदेशबाट आएकाहरुलाई महानगरको कार्यालय, पायक पर्ने वडा कार्यालय, वडा अध्यक्ष र महानगरका स्वास्थ्यकर्मीहरुलाई सम्पर्क गर्न महानगरले अनुरोध गरेको छ ।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१