पोखरा महानगरपालिकाले पोखराका दुई ठाँउमा क्वारेन्टाइन बनाउने भएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि पोखराको सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा एक सय बेड र पोखराकै नदिपुरमा पद्यम नसिङ होमको स्वामित्वमा रहेको (पुरानो बृद्ध) हस्पिटलामा ५० बेडको क्वारेन्टाइन अस्पताल आज दिनभरिमा तयार गर्ने निर्णय गरेको छ ।
दुवै अस्पतालमा आवश्यक बेड लगायत उपचारका सामाग्री तयारी अवस्थामा रहेकाले अन्य बाँकी काम पुरा गरेर भोलीबाटै सञ्चालनमा ल्याइने महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन् । लामो समयदेखि बन्द रहेका कारण सरसफाई लगायत अन्य केही सामाग्रीहरु व्यवस्थापन आज दिनभरीमा हुने र भोलीबाट सञ्चालनमा ल्याउन सकिने उपप्रमुख गुरुङले बताइन् ।
दुवै हस्पिटलमा महानगरप्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहित वडा अध्यक्ष र स्वास्थ्यकमीहरु सहित विहान अवालोकन गरे । अवलोकनपछि महानगर प्रमुख मानबहादुर जिसीले अस्पतालमा आवश्यक सामाग्रीको व्यवस्थापन महानगरले गर्ने र आज दिनभरिमा व्यवस्थापन गर्न महानगर स्वास्थ्य महाशाखालाई निर्देशन दिनुभयो ।
अहिले यी दुई हस्पिटलमा तयारी गर्ने र आवश्यकता परे अन्य ठाँउमा व्यवस्थापनका लागि लयारी गर्नै प्रमुख जिसीले बताए । सृजनाचोकमा रहेको लेक सिटि हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा आइसोलेसन बेड समेत बनाउन सकिने छ । हस्पिटलक डाक्टर कृष्ण नेपालीले एक सय बेडमा ५० बेड आइसोलेसन बेड बनाउन सकिने बताए ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१