१. सात प्रदेशका सातै जना प्रदेश प्रमुखहरु आफनो सेवा सुविधा र हैसियत बढाउन माग गर्दै काठमाण्डौमा दौडधुप गरिरहेका छन् । तिनीहरुले आवास,कार्यालय, निजी सचिवालयको सेवा सुविधादेखि प्रोटोकल मिलाउन पनि शीर्ष नेतृत्वको ध्यान आकर्षित गरेका छन् ।
२. प्रदेश प्रमुखहरु प्रदेशका आर्दश हुन् । प्रदेशमा देखाउन योग्य व्यक्ति खोज्नु प¥यो भने सबभन्दा पहिले प्रदेश प्रमुखमा मानिसहरुको ध्यान जान्छ । प्रदेश प्रमुख साधा जीवन उच्च विचारका साथ आफनो जीवनयापन गर्दछन् भन्ने धारणा सर्वसाधारणमा छ ।
३. उनीहरु कुनैपनि राजनीतिक पार्टीमा संलग्न हुदैनन् । तिनीहरु निष्पक्ष र आवश्यक परे निर्भिक पनि हुन्छन् । तिनीहरुको काँधमा ठूलो जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारीलाई तिनीहरुले समयमा नै कहीँ कतै खोट नराखी सम्पादन गर्नु पर्दछ । त्यसो गर्नु तिनीहरुको विशेषता हो ।
४. यस्तो महत्वपूर्ण विशेषता बोकेका प्रदेश प्रमुखहरुले अरु कार्यकर्ताहरुले झंै आफूलाई यो सुविधा पुगेन र त्यो पुगेन भन्दै पार्टीका नेताका सामुसमेत गएर अनुनय विनय गर्नु शोभा दिँदैन । फेरि त्यो उचित बाटो पनि होइन । प्रोटोकल मिलाउन काठमाण्डौं गएका उनीहरुले आफनो प्रोटोकलको ख्याल नै गरेनन् भन्ने टिप्पणी व्यापक छ ।
५) प्रदेश प्रमुखहरुको राजनीतिक भेटघाटलाई लिएर पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले पनि टिप्पणी गरेका छन् । उनले प्रदेश प्रमुखहरुले नेकपाका अध्यक्ष दाहाललाई सामूहिक भेट गरेकोमा असन्तोष व्यक्त गर्दै प्रदेश प्रमुखहरु राज्यका प्रतिनिधि भएको स्पष्ट पारेका छन् ।
६) डा. भट्टराईले देशको वर्तमान व्यवस्था पार्टी र राज्यको भेद नगर्ने पुरानो कम्युनिष्ट प्रणाली जस्तो होइन भनेर पनि स्पष्ट शब्दमा भनेका छन् । प्रदेश प्रमुखहरुले भने प्रधानमन्त्री ओलीलाई भेटेने अवसर पाएनन् । तिनीहरुले आफनो माग प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारलाई बताएका छन् ।
७) प्रदेश प्रमुखहरु प्रदेशका आर्दश व्यक्ति भएकाले तिनीहरु विवादमा आउन सुहाउँदैन । सानोतिनो कुरामा लोभ लालच गर्नु पनि सुहाउँदैन । सुविधा भनेको जति भए पनि पुग्दैन । सरकारी सुविधा प्राप्त गरेकाहरुले अरु सुविधाको माग गर्नु अगाडि आफू गरीब देश र गरीब जनताका अधिकारी भएको बिर्सनु हुँदैन ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१