पोखरा, १६ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सभ्य समाज निर्माणका लागि सर्वसाधारणमा अधिकारसँगै कर्तव्यबोध हुनु आवश्यक भएको बताएका छन् । नेपाल स्काउटद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय स्काउट आधारभूत तालिमको शुक्रवार यहाँ उद्घाटन गर्दै उनले नेपालमा अधिकारका कुराले धेरै प्राथमिकता पाए पनि कर्तव्यका विषय त्यसअनुरुप उठ्न नसकेको बताए ।
राजनीतिक आन्दोलनदेखि एनजिओ आइएनजिओले पनि अधिकारका कुरालाई नै सधैँ उठाइरहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले नागरिकलाई अधिकारसँगै उनीहरूको दायित्व तथा कर्तव्यबारे जानकारी हुनुपर्ने बताए । देश परिवर्तित सङ्घीय शासन व्यवस्थाअनुरुप समृद्धि र विकासको बाटोमा अघि बढेको उल्लेख गर्दै उनले देशमा राजनीतिक स्थिरतासमेत कायम भएका कारण विकासमा क्रमशः गति लिँदै गएको बताए । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले लामो समयदेखि अन्योलतामा गुज्रिएको स्काउटलाई वर्तमान सरकार आएपछि गतिशील बनाइएको बताए ।
नेपाल स्काउटलाई समयसापेक्ष अघि बढाउनका लागि नयाँ ऐनको मस्यौदा अघि बढाइसकिएको बताउँदै उनले आगामी अधिवेशनमा उक्त ऐन संसद्बाट पारित हुने बताए । प्रदेशस्तरमा स्काउटका तदर्थ समिति गठन गरिने बताउँदै मन्त्री विश्वकर्माले देशका सबै स्थानीय तह एवं विद्यालयसम्म स्काउटका संरचना पु¥याइने जानकारी दिए । नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटलाई प्रभावकारी बनाउने प्रयास भइरहेको बताउँदै प्रदेशस्तरमा गरिने यस किसिमका प्रशिक्षण बहुउपयोगी बन्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सांसद विद्या भट्टराई, प्रदेशसभा सदस्य कृष्ण थापा, राजीव पहारी, विन्दुकुमार थापालगायतले स्काउटको महत्वबारे प्रकाश पारे । पोखरामा आगामी फागुन २० गतेसम्म चल्ने प्रशिक्षणमा गण्डकी प्रदेशअन्तर्गत ८५ वटै स्थानीय तहको प्रतिनिधित्व हुने गरी १८ देखि ३५ वर्ष उमेर समूहका ३९१ प्रशिक्षार्थी सहभागी रहेको कार्यक्रममा जानकारी गराइयो ।
Related News
सम्बन्धित समाचार
ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
hero news full width
मुख्य समाचार
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१