पोखरा ।क्यान इन्फोटेक मेलामा प्रदर्शनीमा राखिएका नयाँ–नयाँ प्रविधिले सबैको ध्यान तानेको छ । मेलामा विभिन्न कम्पनीलगायत होममेड मेसिन प्रदर्शनी गरिएको छ । मेलामा प्रदर्शनी गरिएका विभिन्न प्रविधिमध्ये ‘सेनियड’ मा दर्शक आकर्षित छन् ।
प्रगति इङ्लिस बोर्डिङ स्कूलका कक्षा ९ मा पढ्ने ३ छात्राद्वारा निर्मित सो मेसिन महिलाको स्वास्थ्यसँग केन्द्रित छ । सेन्सर, अर्डिनियोर, मोटरड्राइभर, एडप्टर र स्प्रीङ जडान गरी निर्माण गरिएको मेसिनमा एटिएमको प्रयोगबाट सजिलै ‘प्याड’ निकाल्न सकिन्छ । विद्यार्थी भन्छन्, ‘सेनियड मेसिन महिलाहरुकै जीवनसँग गाँसिएको छ । महिलाकै समस्या हेरेर हामीले सेनियड मेसिन बनाएका हौं ।’‘सेनेटरी र प्याड शब्द मिलाएर सेनियड नामकरण गरिएको हो । यसले आवश्यक समयमा प्याड दिन्छ,’ १४ वर्षीय ऋतिकाले भनिन् । ‘डेमोका लागि अहिले मेसिनमा एटिएम कार्डको प्रयोग गरिएको छ,’ उनी भन्छिन्, ‘स्कूल तथा अफिसमा प्रयोग गर्न क्यूआर कोडको प्रयोग गर्न सकिन्छ ।’
‘सेनियड मेसिन स्कूल, अफिस, अस्पताल, मार्केटदेखि हरेक क्षेत्रमा यसको उपयोग गर्ने सकिन्छ । मेसिनको पहिलो प्रयोग स्कूलबाट गर्ने योजना छ,’ ऋतिकाले भनिन् । ‘महिनावारी हुँदा विद्यालयमा धेरै समस्या भोगेका छौं । माथिल्लो लेभलमा मिसभन्दा बढी सरले नै हुनुहुन्छ । जसकारण महिनावारी भएको समस्या सरसँग भन्न निकै जटिल हुन्थ्यो । त्यसको लागि समस्या समाधान खोजेका हाैं।’ यस्तै, १५ वर्षीया प्रार्थना भन्छिन्, ‘हामीले शुरुमा कार्टुनबाट यो मेसिन बनाउन खोजेका थियौ । तर कार्टुन कमसल हुने भएकाले आल्मुनियम सिड प्रयोगबाट मेसिन तयार भएको छ ।’
मेसिन अवलोकन गर्नेहरुको प्रतिक्रिया राम्रो पाएको १३ वर्षीय सचिना बताउँछिन् । उनी भन्छिन्, ‘सबैको राम्रो प्रतिक्रियाले हामीलाई थप उर्जा मिलेको छ ।’ हालसम्म सेनियड मेसिन ३ प्रतिष्पर्धामा भाग लिई अवार्ड समेत हात पार्न सफल भएको जनाइएको छ । यस्तै, बालमन्दिर बोर्डिङ स्कूल पढ्ने ४ जना विद्यार्थीले दृष्टिविहीनको सुरक्षालाई मध्यनजर गर्दै ‘सेन्सर स्टीक’ बनाएका छन् । साधारण लठ्ठीलाई प्रविधि सहयोगमा सजिलो तरिकाले प्रयोगमा ल्याउन सेन्सर स्टीक बनाएको १४ वर्षीया प्रश्ना गुरुङ बताउँछन् ।
‘यो लठ्ठीमा सेन्सर प्रयोग गरेका छौं,’ उनी भन्छिन्, ‘अल्ट्रासाउण्ड प्रयोगबाट सेन्सरबाट बञ्जर बज्छ । जसले गर्दा बाटोमा हिड्ँदा केही समस्या आयो भने बञ्जरले संकेत दिन्छ ।’ सेन्सर स्टीक सोलार, ब्याट्री, भाइब्रेटरबाट चलाउन सकिने अर्की क्रीसला न्यौपानेले जानकारी दिइन् । सो स्टीकले ३० सेमी दुरीसम्मको समस्या बञ्जर संकेतबाट सहजै थाहा पाउन सकिने १४ वर्षीय विशालराज चापागार्इँले बताए । कम्प्युटर एशोसिएसन अफ नेपाल (क्यान) महासंघ, कास्कीको आयोजनामा पोखरा नयाँबजारमा गत फागुन ११ देखि शुरु मेला १५ गते सकिँदैछ ।
Related News
सम्बन्धित समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१