३३ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
dhikurpokhari blood donate progrem photo

हेमजा, १० फागुन।नेपाल रेडक्रस सोसाइटी ढिकुरपोखरी उपशाखाले रजत वर्षको अवसरमा शुक्रवार आयोजना गरेको रक्तदान कार्यक्रममा कूल ३३ युनिट रगत संकलन भएको छ ।कार्यक्रममा भनाई राख्दै प्रमुख अतिथि रेडक्रस जिल्ला उपसभापति दण्डराज शर्माले रक्तदानको महत्वमाथि प्रकाश पादै एक वर्षको अवधिमा जिल्ला शाखाले कूल २६ हजार युनिट रगत संकलन गर्न सफल भएको जानकारी दिए ।उनले ढिकुरपोखरी उपशाखाका गतिविधिको प्रशंसा समेत गरे।

माछापुच्छे शिक्षा क्याम्पसका पूर्व क्याम्पस प्रमुख रामचन्द्र सुवेदीले अति महत्वपूर्ण दान मध्ये रक्तदान पहिलो भएको औँल्याए ।उपशाखा सचिव नारायणप्रसाद भण्डारीले रेडक्रस संस्था नभई अभियान भएको जनाउँदै अभियानमा लामबद्घ हुन आग्रह गरे।उक्त कार्यक्रममा उपशाखाका संस्थापक अध्यक्ष दुर्गा भण्डारी, वडा सदस्य देवराज भण्डारी, समाजसेवी मनपति भण्डारी, उपशाखा अध्यक्ष मुक्तिराम भण्डारी, कार्यक्रम संयोजक बाबुराम भण्डारी लगायतले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए ।

पहिलो रक्तदाता बाबुराम अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी शुभारम्भ उक्त कार्यक्रममा क्षत्रीय रक्तसंचार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको थियो ।उपशाखा सभापति मुक्तिराम भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कार्यक्रम संयोजक बाबुराम भण्डारीले स्वागत तथा युवा रेडक्रस सर्कल ढिकुरपोखरीका अध्यक्ष सन्दिप भण्डारीले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width