हिल प्वाइन्टको ३९ औं अभिभावक दिवस

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७६
hillpoint school

पोखरा । माटेपानीमा रहेको हिल प्वाइन्ट माविको ३९ औं अभिभावक दिवस, पुरस्कार वितरण तथा फुड फेस्टिभल सम्पन्न भएको छ ।कार्यक्रम उद्घाटन गर्दै पोखरा १२ का वडाध्यक्ष रामबहादुर कार्कीले सेती पारीको उत्कृष्ट विद्यालयमा हिल प्वाइट स्कूल रहेको बताउँदै आगामी दिनमा पनि स्कूलले अझै प्रगति गर्दै जाने विश्वास ब्यक्त गरे ।

प्राचार्य दिवाकर जैसीले विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी रणनीति सुनाउँदै विद्यालयले केही वर्षदेखि उत्कृष्ट नतिजा निकाल्न सफल भएको दाबी गरे ।कार्यक्रममा हिसान कास्की सल्लाहकार बाबुराम पन्त, प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद शर्मा समाजसेवी ऋषिराम लामिछाने लगायतले विद्यालयको प्रगतिको कामना गरेका थिए ।विद्यालय व्यवस्थापन समिति अध्यक्ष बिजुलीबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रम शिक्षक गंगाराम पौडेलले स्वागत मन्तब्य राखेका थिए । शिक्षक समीर मौराठीले संचालन गरे ।विद्यार्थी तर्फबाट स्वागत मन्तव्य सुदिन बगालेले गरेका थिए । सो अवसरमा गत वर्ष विभिन्न बिधामा उत्कृष्ट हुन सफल विद्यार्थी तथा विद्यालयका उत्कृष्ट कर्मचारीलाई पुरस्कार वितरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width