बेइजिङ, ४ फागुन । चीनमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या आइतबारसम्ममा १ हजार ६ सय ६५ पुगेको छ । चिनियाँ स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो एकै दिनमा थप १४२ जनाको मृत्यु भएको हो । उनीहरुले कोरोनाको सङ्क्रमण थप दुई हजार नौ जनामा देखिएको पनि जानकारी दिएका छन् । सङ्क्रमितहरु चीनका ३१ वटा प्रान्तका रहेका छन् ।
थप मृत्यु भएका मध्ये १३९ जना हुवेइ प्रान्तका रहेका छन् भने सिचुवान प्रान्तका दुई र हुनान प्रान्तका एक जना रहेका छन् । चिनियाँ स्वास्थ्य आयोगका अधिकारीहरुले शनिबार मात्रै थप १९ सय १८ जना नयाँ सङ्क्रमणको आशंका गरिएको छ । सङ्क्रमितमध्ये २१९ जना शनिबार थप गम्भीर विरामी भएका छन् भने १३ सय २३ जना स्वास्थ्यमा सुधार आएपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको कुल संख्या अहिलेसम्म ६५ हजार ५०० पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुले ११ हजार २७२ जनाको अवस्था सुधार उन्मुख रहेको पनि बताएका छन् । त्यसैगरी ८ हजार २२८ जनामा आशंका गरिएको छ । सङ्क्रमित भएर उपचार गराइएका मध्ये अहिलेसम्म ९४ हजार १९ जना उपचारपछि घर फर्किएका छन् । आयोगले ५ लाख २९ हजार ४ सय १८ विरामी नियमित सम्पर्कमा रहेको जनाएको छ । यो भाइरसको सङ्क्रमण सन् २०१९ को डिसेम्बरमा चीनको उहानबाट देखिन थालेको हो भने यसको पहिचान पहिलो पटक डिसेम्बर ३१ मा भएको थियो ।
Related News
सम्बन्धित समाचार
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
hero news full width
मुख्य समाचार
सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१ट्राफिक सप्ताहको ब्यानरमा प्रदेशका मन्त्रीको शपथ !
वैशाख २४, २०८१फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
वैशाख २४, २०८१गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१