पोखरामा हाप्कीडो सेमिनार सुरु

आदर्श समाज सम्वाददाता
माघ १२, २०७६
Hapkido, Marshal Arts

पोखरा । नेपाल मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनार शनीबार सुरु भएको छ ।

गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले पोेखरा रंगशालास्थित कभर्डहलमा शनिबार सेमिनारको उद्घाटन गरेकी हुन् ।

सो अवसरमा विशिष्ट ग्राण्डमास्टर अमेरिकाका हि क्वान्ली, अस्ट्रियाका ग्राण्डमास्टर गेरहार्ड अग्रीन्ज, इरानका ग्राण्ड मास्टर जफार नभेइ र स्पेनका मास्टर सल्भाडोर कभालेरो समेत उद्घाटन समारोहमा उपस्थित थिए । चार जना विशिष्टसँगै सिनियर मास्टर नेपालका कालीबहादुर घर्तीमगरले प्रशिक्षण दिनेछन् ।

सेमिनारमा ६ सय खेलाडीको सहभागिता छ । गण्डकी मार्सल आर्ट्स हाप्कीडो एशोसिएसन र कास्की मार्सल आर्ट्स हाप्कीडो एशोसिएसनको सहयोगमा आयोजित सेमिनार आइतबारसम्म चल्नेछ ।

उद्घाटन समारोहमा कास्की, भक्तपुर, बौद्ध, काठमाडौं मुलपानी र नेपाल आर्मीका हाप्कीडो खेलाडीले मार्सल आर्ट्स तथा सेल्फ डिफेन्स सम्बन्धी डेमोन्स्ट्रेसन गरेका थिए ।

समारोहमा गण्डकी प्रदेशसभा सदस्य मिना गुरुङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङ, नेपाल मार्सल आर्ट्स हाप्कीडो संघका सल्लाहकार नविन रोकामगर, संघका गण्डकी प्रदेश कमिटीका अध्यक्ष एमवी आस्था र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ लगायतले सेमिनारको सफलताको शुभकामना दिए ।

प्रमुख अतिथि मन्त्री पुनले गण्डकी प्रदेशमा यस स्तरको अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना हुनु प्रदेशका लागि समेत गर्वको विषय भएको उल्लेख गरिन् ।

ग्रान्डमास्टर लीले नेपाली हाप्कीडोको विकास र विस्तारका लागि आफ्नो सधै सहयोग रहने वताए । सल्लाहकार मगरले सरकारले गर्नुपर्ने काम हाप्कीडो संघले गरेको प्रतिक्रिया व्यक्त गरे । आयोजक कमिटीका अध्यक्ष कालीबहादुर घर्ती मगरले आगामी दिनमा अझ माथिल्लो फड्को मार्ने विश्वास व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…

hero news full width

Recent Posts