आमा सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट शर्मा सम्मानित

आदर्श समाज सम्वाददाता
माघ ८, २०७६
ssssss

पोखरा । आमा सेतुलीमाया शाक्य स्मृति वृत्तिबाट चितवनको गामवेसी चेपाङ संरक्षण केन्द्रका संस्थापक अध्यक्ष केपीकिरण शर्मा सम्मानित भएका छन् ।सिद्धि–सेतुली स्मृति प्रतिष्ठान, पोखराद्वारा सञ्चालित उक्त वृत्ति तथा सम्मानको राशि १ लाख रुपैयाँ र सम्मानपत्र रहेको छ ।

पोखरामा मंगलबार आयोजित समारोहमा प्रमुख अतिथि नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले सम्मानपत्र प्रदान गरेका थिए ।कार्यक्रममा श्रेष्ठले मानवकल्याणको सपनाले नै समाजलाई अग्रगतिमा पु¥याउने बताए । अल्पसंख्यक चेपाङ जातिको संरक्षणमा सञ्चालित संस्था सम्मानित हुँदा संस्थालाई दिगो बनाउनसमेत टेवा पुग्ने उनले उल्लेख गरे । उनले उक्त संस्थाको आफूले अवलोकन गरेको स्मरण गर्दै व्यवस्थित रुपमा सञ्चालन भएको बताए ।

सम्मानित शर्माले आफूले शुरुमा पत्रकारिता माध्यमबाट चेपाङ बालबालिकाको संरक्षणमा सहयोग पु¥याउँदै आएकोमा ठोस उपलब्धि नदेखिएपछि संस्था नै खोलेर संरक्षणमा लागेको जानकारी दिए । संस्थाको हाल एक विघा जग्गाभित्र साढे दुई करोड रुपैयाँ खर्चर संरचना बनाइ १ सय ६५ जना बालबालिकाको लागि आवास र शिक्षाको व्यवस्था गरिएको जानकारी गराउँदै उनले प्राप्त सम्मानले अझ व्यवस्थित गर्न हौसला प्रदान गरेको बताए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले निःस्वार्थ भावले समर्पित व्यक्ति वा संस्थाको सम्मान समाजका लागि महत्वपूर्ण कार्य भएको बताए । विदेशी सहयोग नलिई संस्था चलाउनु सम्मानित शर्माको सुन्दर पक्ष रहेको उनले उल्लेख गरे ।प्रतिष्ठानका ज्येष्ठ सदस्य विलबहादुर गुरुङले ढुङ्गालाई चामल पैसा चढाउनुको सट्टा असहाय बालबालिकालाई सहयोग गर्नु धेरै धर्म हुने बताए ।संस्थापक संरक्षक विश्व शाक्यले पितृमातृ ऋण सात जुनीमा पनि तिर्न नसकिने र सत्कर्म गरेर पितृऋणबाट मुक्त हुन सकिने बताए । उनले प्रतिष्ठान स्थापनाको उद्देश्य र यसका गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रममा प्रतिभा चयन समिति संयोजक भूपनिधि पन्तले सम्मानित व्यक्तित्वको परिचय दिएका थिए ।

प्रतिष्ठान अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नयाँ अध्यक्ष कृष्णप्रसाद बास्तोलाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम सञ्चालन सचिव ईन्द्रकमल मानन्धरले गरेकी थिइन् ।
सोही समारोहबीच नयाँ कार्य समितिको पदस्थापन गरिएको थियो । पदस्थापन कार्यक्रमको सञ्चालन कल्याण पन्तले गरेका थिए ।प्रतिष्ठानको बुधबार सम्पन्न सातौं अधिवेशनले कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा २ वर्षे कार्यकालका लागि नयाँ समिति गठन गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width