निसास्सिएर ८ पर्यटकको मृत्यु

रासस
माघ ७, २०७६
12241691_1103350166341797_8549521190666951557_n-500×500

हेटाैंडा, ७ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा आठ जना पर्यटकको मृत्यु भएको छ ।

मृत्यु भएका आठ भारतीय पर्यटकको सनाखत भएको छ । रिसोर्टका कोठामा गएराती बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिए ।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठको मृत्यु भएको हो । उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए । एउटै कोठामा आठ जना सुतेका ती पर्यटक मंगलवार बिहान बेहोस अवस्थामा फेला परेका थिए । उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौँको ह्याम्स् अस्पताल लगिएको थियो । पोखराबाट सोमबार साँझ उनीहरु सो रिसोर्टमा बास बस्न पुगेका थिए पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width