पोखरा । आयोजक भ्याली स्पोर्ट्स क्लब सेतोले तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
पोखरा महानगरपालिका–१५, कोलपाटनको रेम्बो एकेडेमी होम्स्को खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एलजी एशोसियसनलाई २–० गोलले पराजित गर्दै आयोजक सेतोले उपाधि जितेको हो ।
उपाधिसँगै उसले १ लाख ५० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ । उपविजेता एलजी एशोसिएसनले ७५ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझाएको छ ।
बिजेता तथा उपबिजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मिलन गुरुङ, प्रयोजकलगायतले पुरस्कार वितरण गरेका थिए ।
भ्यालीको जितमा घनश्याम तामाङ र अजय श्रेष्ठ नायक बने । घनश्यामले खेल शुरु भएको ३ मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । आयोजकको लागि दोस्रो गोल खेलको ३६ औ मिनेटमा अजय श्रेष्ठले गरेका थिए ।
यसअघि, शनिबार नै भएको सेमिफाइनलमा एलजीले सँगम एफसी र आयोजक भ्यालीले गार्डेन एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए ।
आयोजक भ्याली स्पोर्टस् सेतोका अजय श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । अजयले १२ हजार रुपैयाँ प्राप्त गरे । सोही क्लबकै सुनिल गोदामे सर्वाधिक गोलकर्ता बने । सुनिलले ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका राखेप सदस्य राजेश गुरुङले बिजयी टिमलाई बधाई दिए । गुरुङले भ्यालीले आगामी दिनमा समेत प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । उनले आगामी दिनमा हुने प्रतियोगितालाई आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पोखरा रंगशाला निर्माणपछि सेभेन ए साइडको समस्या समाधान हुने धारणा राखे ।
कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मिलन गुरुङले सेभेन ए साइड फुटबललाई हेप्ने गरेको टिप्पणी गरे । संघभित्रको विकृतिले गर्दा फुटबल खेलको विकास नभएको उनको धारणा थियो । पहिले संघमा बल समेत नदिने प्रवृत्ति निकै मौलाएको अवस्थामा पछिल्लो समय खेल सामग्री संघले काठमाडौ लिन जान नपरेको उनले धारणा राखे ।
उक्त प्रतियोगितामा फुटबल खेलको विकासमा निरन्तर लागेका भन्दै सेभेन ए साइड महासंघका अध्यक्ष नविन पुनलाई सम्मान समेत गरिएको आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१