पोखरा, ३ माघ । सिक्लेस युवा क्लबको २५ औं वार्षिकोत्सव तथा माघे संक्रान्ति मेलाको दोश्रो दिन बेलुका आयोजित खुल्ला सामुहिक नृत्य प्रतियोगिताको उपाधि आदिम कला मञ्च पोखराले जितेको छ । उत्कृष्ठ नृत्य प्रस्तुत गर्दै प्रथम हुन सफल आदिम कला मञ्चले ४० हजार रुपैयासहित ट्रफी तथा प्रमाणपत्र सहित पुरस्कृत भयो।
प्रतियोगितामा दोश्रो बनेको डढुवा दुर्छा तमु समाज पोखरा नगद ३० हजार र तेश्रो भएको खिलाङ गाँउको नृत्य टोलीले २० हजार रुपैयासहित ट्रफी र प्रमाणपत्रबाट पुरस्कृत बन्यो। यसरी नै प्रतियोगितामा उत्कृष्ट नृत्य निर्देशक आदिम कला मञ्चका लब्सन गुरुङ र उत्कृष्ट भेषभुषाको उपाधि हात पार्न सफल सिङदी तमु समाज पोखरा जनह ५/५ हजार रुपैया सहित पुरस्कृत भएको छ। प्रतियोगिताको निर्णायकहरुमा मुख्य निर्णायक लोकनृत्य कलाकार संघका अध्यक्ष केशबहादुर गुरुङ, नृत्य निर्देशकहरु सनबहादुर गुरुङ र पवित्रा गुरुङ थिए ।
सामृहित नृत्य प्रतियोगताका विजेतालाई प्रतियोगिताका प्रमुख अतिथि सिक्लेस पार्चे कल्याणकारी समिति बेल्जियमका अध्यक्ष चोक राज गुरुङले पुरस्कार वितरण गरेका थिए । उक्त अवसरमा गुरुङले मौलिक कला सँस्कृति ठुलो सम्पत्ति भएको बताए । सिक्लेसको माघे संक्रान्ति मेला रमाइलोको मात्रै नभएर सिक्लेसको इतिहास, वर्तमान र भविष्यसँग जोडिएको उनले बताए ।
विहिवारदेखि मौसम खराबीका कारण सिक्लेस मेला प्रभावित बनेको छ। मौसममा सुधार नआए मेला अवधि लम्बिन सक्ने क्लवका सल्लाहकार तथा पुर्व सचिव देवीजंग गुरुङले बताए । माघ १ गतेदेखि ४ गतेसम्म चल्ने छ ।मेलामा मुख्य प्रतियोगिताको रुपमा खुल्ला पूरुष भलिबल, महिला भलिबल, खुल्ला पूरुष बास्केटबल प्रतियोगितासहित रस्साकस्सी, घुर्रा, आमा समुहको ह्याकुचे लगायतका प्रतियोगिता रहेको छ।
खुल्ला पूरुष भलिबल तर्फ बिजेता टिमले नगद ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् भने उपबिजेता नगद ४४ हजार, ४ सय ४४ प्राप्त गर्नेछ भने प्रतियोगितामा सर्बोत्कृष्ट खेलाडीलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष बास्केटबल तर्फ बिजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, उपबिजेता टिमलाई ४४ हजार, ४ सय ४४ प्रदान गरिने बताइएको छ । महिला भलिबल तर्फ प्रथम टिमलाई नगद २५ हजार र द्वितीय बन्ने टिमले नगद १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
hero news full width
मुख्य समाचार
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१