हिउँ खेल्न मुस्ताङमा पर्यटक

रासस
पौष २२, २०७६
Tourists-Nepal2020-01-03-10-21-48_SxUGGytt8X
  • चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन् ।
  • हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेकोे रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम रोकिएको छैन ।
  • पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको छ ।

पोखरा, २२ पुस । हिमाली पारीका जिल्ला मुस्ताङ र मनाङ हिंउ हिंउ परेकै कारण जनजीवन कष्टकर बनेको छ । त्यति मात्र हैन यतिवेला हिमाली जिल्लामा समेत हिंउ वर्षिरहेको छ ।

हिंउ खेल्न अहिलेका युवा पुस्तालाई निकै चासो हुने गर्छ, चिसोकोे प्रवाह नगरी आन्तरिक पर्यटक मुस्ताङ र मनाङसम्म हिंउखेल्न पुगेका छन् । विगतमा चिसो छल्न पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने गरेका मुस्ताङका स्थानीयवासी पर्यटकको आगमन बढेपछि यतिवेला होटल व्यवसायी व्यवसाय सञ्चालन गरी जिल्लामा नै बसेका छन् ।

चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन् । हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेकोे रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम नरोकिएको कालापानीस्थित होटल सियु लजका सञ्चालक अमित तुलाचनले बताए ।

पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको उनले जानकारी दिए । पर्यटकीय नगरी पोखरा आएका पर्यटक हिमाली दृश्य अवलोकनकै लागि मुस्ताङसम्म पुग्ने गरेका छन् । यातायात सहज भएकोले बेमौसममा पनि पर्यटकको आगमन नरोकिएको छैन मुस्ताङमा । मुस्ताङ पुग्ने पर्यटक धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथसम्म पुगेर फर्कन्छन् ।

यसपटक हिमपात भएसँगै हिउँ खेल्न पोखरा लगायतका स्थानबाट पर्यटक आउने गरेको थकाली सामुदायिक ‘होमस्टे’ ठिनीका सचिव जुना थकालीले जानकारी दिइन् । “ हिमपातका कारण हिउँ खेल्नकै लागि पर्यटक आएका छन् । हिमपातले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पु¥याएको छ”, उनले भने ।

ठिनी पुग्नेहरु नजिकैको ढुम्बा ताल, हिउँले ढाकिएका डाँडा, गाउँ माथिको हिउँ चितुवा गुफा अवलोकन गर्न पुग्छन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय पोखराबाट सिधै हवाइजहाज मार्फत जोमसोम विमानस्थल झर्छन् । कतिपय पोखराबाट पर्वत, म्यादी हुँदै सवारीसाधन लिएर पुग्छन् । कुञ्जमा रहेको टीटी ताल पनि चराचुरुङ्गी अवलोकनको लागि प्रशिद्ध मानिन्छ ।

पर्यटक पुग्ने क्रम बढेसँगै अचेल मुस्ताङमा होटल व्यवसायमा लगानी बढिरहेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताए । सुविधा सम्पन्न होटेल थपिनाले पर्यटकलाई सजिलो भएको छ । विगतमा जाडोमा पर्ने हिउँले यहाँकोे जनजीवन कष्टकर हुने गरेकोमा पछिल्ला वर्ष त्यो हिमपात आयआर्जनको माध्यम बन्न थालेको उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width