त्रिभुवन आधारभूत विद्यालयको ५९औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष १९, २०७६
school photo_Fotor

त्रिभुवन आधारभूत विद्यालय, शुक्लागण्डकी–६ को ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

शुक्लागण्डकी नगरपालिका शिक्षा तथा युवा खेलकुद शाखा उपसचिव नवराज चापागाईंले कार्यक्रम शुभारम्भ गर्दै अंग्रेजी माध्यममा पढाइ हुँदैमा शैक्षिक गुणस्तर नहुने टिप्पणी गरे। उनले नेपाली माध्यमबाट पनि शैक्षिक गुणस्तर वृद्धि गर्न सकिनेमा जोड दिए।

शुक्लागण्डकी–६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले शैक्षिकस्तर वृद्धि गर्न शिक्षकका साथै अभिभावको पनि दायित्व हुने जनाए। उनले आफ्ना बालबालिकाको शैक्षिकस्तर बारेमा अभिभावक सचेत हुनु आवश्यक रहेको समेत बताए।

कार्यक्रममा शुक्लागण्डकी नगर प्रवक्ता खिमबहादुर कुमाल, शुक्लागण्डकी शिक्षा शाखा अधिकृत ज्योतिप्रकाश तिमिल्सिना, व्यागान कुसे पोखरीथोक टोल विकास संस्थाका अध्यक्ष रामबहादुर लामा, आधारभूत स्वास्थ्य केन्द्र कुशेका इञ्चार्ज संगीता यादव, दिवस माविका प्रअ सोमलाल रिमाल, पूर्व शिक्षक पदमराज बराल, भूतपूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सीरबहादुर राना, भूतपूर्व विद्यार्थी अनमिका राना, समाजसेवी नरबहादुर थापा, विद्यार्थी सन्ध्या थापा र आकृती परियार लगायतले बोलेका थिए।

प्रधानाध्यापक तीलबहादुर थापाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेको सो कार्यक्रममा अभिभावकबीच म्यूजिकल चेयर खेल प्रतियोगिता र विभिन्न सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन प्रदान गरिएको थियो। साथै पूर्व शिक्षक पदमराज बरालले ५१ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरे।

त्रिभुवन आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष शेरबहादुर परियारको अध्यक्षता रहेको कार्यक्रममा स्वागत शिक्षक सुजाता सिग्देल र सञ्चालन शिक्षक टेकबहादुर तामाङ्ग र भक्तकुमारी थापाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै